Nic

प्रधानमन्त्रीले बेलायत पुगेर भने, ‘पछाडि फर्कन सकिंदैन’

नेपालीलाई स्वदेश फर्कन आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल प्रजातान्त्रिक प्रक्रियाबाट पछाडि नफर्कने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यूरोप भ्रमणका क्रममा रहनुभएका प्रधानमन्त्री ओलीले बुधबार लन्डनस्थित नेपाली दुतावासले गरेको कार्यक्रममा नेपाल पछाडि नफर्कने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । कार्यक्रममा बेलायती परराष्ट्र मन्त्रालयका राज्यमन्त्री मार्क फिल्डले स्वतन्त्र मिडिया, नागरिक समाज तथा स्वतन्त्र न्यायपालिकालाई बलियो बनाउन नेपाल सरकारलाई आग्रह गरेपछि प्रधानमन्त्री ओलीले त्यस्तो जवाफ दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले अमेरिकी रास्ट्रपति अब्राहम लिङ्कनको प्रजातन्त्र जनताको, जनताद्वारा र जनताका लागि गरिने शासन पद्धति हो भन्ने भनाइलाई उद्धृत गर्दै आफ्नो सरकारले साँचो र पूर्ण प्रजातन्त्र स्थापना गर्न काम गरिरहेको प्रष्ट पार्नुभएको छ ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीले गएको दुई सय वर्षभन्दा बढी समयदेखि कुनै पनि बेलायती प्रधानमन्त्रीले नेपालको भ्रमण नगरेको भन्दै अब त्यसको तयारी गर्नुपर्ने बताउनुभयो ।

यूरोप भ्रमणका क्रममा बेलायत पुग्नुभएका प्रधानमन्त्री ओलीले त्यहाँ बसोबास गर्ने नेपालीलाई सकभर छिटो नेपाल फर्कन आह्वान समेत गर्नुभउको थियो । प्रधानमन्त्री बुधबार अपरान्ह भुमिगत रेल चढेर फ्रान्स प्रस्थान गर्नुभएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा मुलुकै पहिलो स्थानीय निकाय हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…

भवन मंगलबार बिहान ११ बजे भत्किएको जनाइएकाे छ ।