कारको ठक्करबाट सैनिकको मृत्यु

हेटौँडा ।  त्रिभुवन राजपथको भैसे –१ सामरी पुल नजिकै कारको ठक्करबाट मोटरसाइकल चालकको मुत्यु भएको छ।

बुधबार साँझ काठमाडौबाट हेटौँडा तर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसैतर्फ जाँदै गरेको ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकल चालककाे मृत्यु भएकाे हाे ।

कारको ठक्करबाट मोटरसाइकल चालक सुपारेटार ब्यारेकका लेस नायक पदमा कार्यरत (सैनिक) ३० वर्षीय विवेश तामाङ गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका तामाङको हेटौँडामा उपचार हुन नसकेपछि थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको थियो।

तामाङको राति ११ बजे छाउनीमा रहेको सैनिक अस्पताल मुत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने कार र चालक भक्तपुर सुर्य विनायक बस्ने ३४ वर्षीया सुजिता श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता  यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…