नेकपामा थापा निर्णायक

काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित विभिन्न पत्रपत्रिकाले प्रधानमन्त्रीको बेलायत भ्रमण र लोकसेवाको विज्ञापनबारे उत्पन्न विवादलाई प्राथमिकतामा राख्दै फरक फरक सन्दर्भका शीर्षकमा समाचार प्रकाशित गरेका छन् ।

बुधबार जनता समाचार डट कम मा महेन्द्रको राष्ट्रवाद, राप्रपाको वैचारिक पाटो, ‘लोकसेवाको विज्ञापन संविधानसम्मत’, अख्तियारद्वारा हज हवाई टिकटमा १० जनालाई मुद्दा, गुडिरहेको स्कुल बस बोर्डमा ठोक्किँदा…., प्रधानमन्त्री कप महिला टि २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक र मेगा बैंक र प्राइम लाइफबीच बैंकास्योरेन्स सम्झौता लगायतका समाचारहरु प्रकाशित गरिएका थिए ।

‘मेयरको टिपर वडाअध्यक्षको इक्साभेटर’ शीर्षकमा प्रमुख समाचार छापेको नागरिक दैनिक ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र गृहमन्त्री रामबहादुर थापाको उपस्थिति बलियो बन्दै गरेको विषयलाई पनि प्राथमिक समाचार बनाएको छ । समाचार अनुसार नेकपाको केन्द्रीय समितिमा थापा जता लाग्यो त्यतै पल्ला भारी हुने अवस्था बनेको छ । एकता प्रक्रिया टुंगिनै लाग्दा पार्टीभित्र थापा समूहको बलियो उपस्थिति देखिएको हो । पत्रिकाले थापा समूहबाट एक सचिवालय सदस्य, २ स्थायी कमिटी सदस्य र ३७ केन्द्रीय सदस्य रहेको विश्लेषणसहितको समाचार छापेको छ ।

गोरखापत्र दैनिक मा प्रधानमन्त्री केपी ओलीले गोरखा भर्ती सन्धि पुनरावलोकन गर्न प्रस्ताव गर्नुभएको समाचारलाई प्राथमिक समाचार बनाइएको छ । प्रधानमन्त्रीले नेपाल प्रजातान्त्रिक प्रक्रियाबाट पछाडि नफर्कने प्रतिबद्धता व्यक्त गर्नुभएको विषयसमेत समाचारमा समेटिएको छ । यूरोप भ्रमणका क्रममा रहनुभएका प्रधानमन्त्री ओलीले बुधबार लन्डनस्थित नेपाली दुतावासले गरेको कार्यक्रममा नेपाल पछाडि नफर्कने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

समाचार अनुसार प्रधानमन्त्री ओलीले अमेरिकी रास्ट्रपति अब्राहम लिङ्कनको प्रजातन्त्र जनताको, जनताद्वारा र जनताका लागि गरिने शासन पद्धति हो भन्ने भनाइलाई उद्धृत गर्दै आफ्नो सरकारले साँचो र पूर्ण प्रजातन्त्र स्थापना गर्न काम गरिरहेको प्रष्ट पार्नुभएको छ ।

राजधानी दैनिक मा लोकसेवा आवेदन जारी, अन्तिम निर्णय अदालतबाट शीर्षकमा मुल समाचार छापिएको छ । समाचारमा उल्लेख भए अनुसार झन्डै १ लाखको आवेदन परिसकेको, असार ३ मा सर्वोच्च अदालतले निर्णय दिने र लोकसेवा आयोग अदालतको निर्णयको पर्खाइमा रहेको समाचार छ ।

नयाँ पत्रिका दैनिकले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान धराशयी बनाउन निगमको वर्तमान नेतृत्व नै लागेको खुलासा गरेको छ । आन्तरिकतर्फ निगमसँग भएका नौ जहाजमध्ये अहिले सातवटा जहाज ग्राउन्डेड रहेको समाचारमा उल्लेख छ ।आन्तरिक उडान गर्न निगमसँग नौ जहाज भएपनि ७ वटा पनि उडाउन नसक्नु लाजमर्दो अवस्था भएको कार्यकारी अध्यक्ष मदन खरेलले बताएको पत्रिकामा उल्लेख छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…