अपहरण गरी हत्या आरोपमा पक्राउ

सिरहा । धनगढीमाई नगरपालिका–६ का युवकको अपहरण गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नगरपालिका–६ स्थित कसहा र वसन्तपुरचोकबाट स्थानीय १७ वर्षीय सुभाषकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सिरहाकै औरही गाउँपालिका–२ निवासी २१ वर्षीय गङ्गाराम मण्डल खत्बेलाई पक्राउ गरेको हो ।

यादवलाई गत २०७५ फागुन ९ गते अपहरण गरी भारतको मधुवनी भुतही बलान तटबन्ध नजिक लगेर गोली हानी सख्त घाइते बनाएको र उपचारको क्रममा भारतको बिहार पटानस्थित मेडिकल कलेजमा मृत्यु भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा खत्बेलाई सिरहा नगरपालिका–७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी चयन हुनुभएको छ ।

राजविराजमा कोठा तोडफोड गर्ने युवाको रिहाइ गर्न प्रदर्शन भएकाे छ ।

राजविराजमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन् ।