अख्तियारले डेराबाटै समात्यो, गाउँपालिका इन्जिनियर

विद्यानन्द राम
राजविराज । सप्तरीको रुपनी गाउँपालिकाका इन्जिनियर विकास श्रेष्ठलाई बिहिवार १ लाख रुपैयाँ घुससहित अख्तियारले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले राजविराज–६ स्थित डेराबाटै श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठले तत्कालिन जिल्ला विकास समितिको योजना अनुसार स्वर्ण खोलामा निर्माण गरिएको झोलुङ्गे पुल स्वीकृतिका लागि उपभोक्ता समितिबाट घुस रकम लिदालिँदै रङ्गेहात पक्राउ गरिएको अख्तियारका डिएसपी श्यामकुमार सारु मगरले जानकारी दिनुभयो ।

तत्कालिन योजनाका मूख्य इन्जिनियरको रुपमा कार्यरत रहेका श्रेष्ठ कर्मचारी समायोजन प्रक्रियाका क्रममा रुपनी गाउँपालिकामा पुगेपनि झोलुङ्गे पुलको सम्पुर्ण रेखदेख गर्दैआउनु भएको थियो । श्रेष्ठलाई प्रारम्भिक अनुसन्धानका लागि सम्पर्क कार्यालय इटहरी लगिएको जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…