भारतमा आउने आँधीले बाटो बदल्यो, नेपालमा कस्तो प्रभाव ?

काठमाडौं । भारतको गुजरातमा ‘साइक्लोन वायु’ नामक आँधीको खतरा बढेको छ । भारतीय मौसम विभागका अनुसार १ सय ५५ देखि १ सय ८० किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आउने छ ।

आँधी उत्तर–उत्तर–पश्चिमतर्फ बढिरहेको छ । यसअघि गुजरातको तटीय क्षेत्रमा आउने भनेको आँधीले आफ्नो बाटो बदलेको भारतीय मिडियाले जनाएका छन् ।

भारतीय मौसम विभागका अधिकारीहरुका अनुसार आँधी प्रभावित क्षेत्रमा तीव्र गतिमा हावा आउनुका साथै धुलो मिसिएको आँधी र वर्षाको सम्भावना छ ।

तुफानका मध्य भाग गुजरातको तटीय क्षेत्रबाट अलिकति मात्र टाढा रहेको आजतकले लेखेको छ । समाचारमा बाटो बलेको आँधीले तटीय क्षेत्रको विभिन्न जिल्लाहरुमा भारी वर्षा हुने जनाइएको छ ।

आँधीबाट धनजनको क्षति हुने पूर्वानुमान पश्चात त्यहाँका स्थानीय सरकारले ३ लाखभन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेको छ । सरकारी निकायले ५ सय भन्दा बढी गाउँ खाली गरिसकेको छ ।

नेपालमा कस्तो असर गर्छ ?
भारतमा आएको आाँधीको प्रभाव नेपालमा भने खासै असर नगर्ने भएको छ । देशका पश्चिमी भू–भागको आकाशमा बादल लाग्ने, पानी पर्ने र सामान्य हावाहुरीका अलावा अन्य ठूलो हावाहुरीको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले अहिले भारतमा आएको आँधी, बंगालको खाडीमा आएको आँधीजस्तो नभएको बताउनुभयो । उहाँले भन्नु्भयो, ‘अहिले आँधी समुन्द्री सहतमै छ, जमिनको सतहमा आउनलाई नै समय लाग्छ, त्यसपछि आँधीले कुन बाटो लिन्छ भन्न सकिँदैन ।’ मौसमविद् पौडेलका अुनसार जमिनमा आइसकेपछि आँधीको प्रभाव घट्नसक्ने सम्भावना छ ।

केही समय अघि बंगालको खाडीबाट आएको आँधीले नेपालका पूर्वी क्षेत्रहरुमा प्रभावन पारेको थियो । त्यसले भारत र बंगालादेशमा गरी करिब ५० भन्दा धेरै मानिसको मृत्यु भएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…