पहिरोले डोजर पुर्दा दुईको मृत्यु

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर ८ स्थित थाहा ढुंगामा पहिरो खस्दा दुईजनाको ज्यान गएको छ ।

बिहीबार दिउँसो सडक खन्ने क्रममा भीरबाट खसेको पहिरो र ढुंगाले पुर्दा डोजरका हेल्परहरु चितवन शक्तिखोरका सन्दीप श्रेष्ठ र रोशन बुढाथोकीको ज्यान गएको हो । राक्सिराङ गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष सिंगलाल चेपाङका अनुसार डोजर अपरेटरको सकुशल उद्धार गरिएको छ ।

पहिरोले पुरिएका श्रेष्ठ र बुढाथोकीको शव निकाल्न सकिएको छैन । इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थल गएको छ । घटनास्थल पुग्न प्रहरीलाई ३ घण्टा लाग्ने बताइएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको लगानीमा थाहाढुंगामा ग्रामीण सडक निर्माणको काम भइरहेको थियो । केहीदिनदेखि त्यस खण्डमा डोजर सञ्चालन गरिएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…