Nic

गृहमन्त्रीद्वारा विपद् व्यवस्थापन निरीक्षण

चितवन । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले विपद् व्यवस्थापनका बारेमा चितवनको कुरिनटार पुगेर प्रत्यक्ष रुपमा निरीक्षण गर्नुभएको छ ।

कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयमा पुग्नुभएका गृहमन्त्री थापालाई तालिम प्राप्त सशस्त्र प्रहरीले त्रिशूली नदीमा उद्धारको नमुना प्रदर्शन समेत देखाएका थिए ।

विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको ठूलो भूमिका रहेको बताउँदै थापाले कुनै पनि विपद् भएको ठाउँमा तत्कालै उद्धारमा जुट्न समेत सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको थियो ।

गृहमन्त्री थापाले दुर्घटना, बाढी, पहिरोका बेलामा नदी, खोलामा हुने उद्धार कार्य जटिल हुने गरेको आफूले बुझेको बताउनुभयो । २०६९ सालको वैशाखमा बंगलादेश गएर सशस्त्र प्रहरीका २५ जना जवानले गोताखोरको तालिम लिएका थिए ।

अहिले शिक्षालयमा १९ जना गोताखोर कार्यरत छन् । भीरमा हुने दुर्घटनामा परेका व्यक्तिहरुको उद्वार, पानीमा डुबेकाहरुको खोजीमा गोताखोरले गर्ने उद्धार तथा र्याफटिङ पल्टिदा दुर्घटनामा परेकाहरुका उद्धार गर्ने तरिका गृहमन्त्रीले अवलोकन गर्नुभएको थियो ।

११ रोपनी क्षेत्रफलमा कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालय दक्षिण एशियाकै पहिलो हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…

भवन मंगलबार बिहान ११ बजे भत्किएको जनाइएकाे छ ।

पोखरा महानगरपालिका वडा नम्बर ७ मासबार बस्ने २४ वर्षीय सागर रानाभाट पेन गनसहित पक्राउ परेका हुन् ।