‘हर्न बजाउनेलाई पाँच सय जरिवाना’

हिमलाल पराजुली
स्याङ्जा । पुतलीबजार नगरपालिकाको बाडखोलादेखि ट्राफिक चेक पोष्टसम्मको क्षेत्रमा हर्न बजाउन निषेध गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयको पहलमा पुतलीबजार नगरपालिका प्रशासन कार्यालय, सञ्चारकर्मी लगायतको छलफल पश्चात हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो ।

सिद्धार्थ राजमार्गको देउमै सरकारी कार्यालय र बाक्लो बस्तीसमेत रहेकाले सवारी साधनको चर्को आवाजले ध्वनी प्रदुषण हुने भएकाले जिल्ला सदरमुकामलाई ध्वनी निषेधित क्षेत्र घोषण गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख रेशमबहादुर रानाभाटले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजकुमार लम्सालले पुतलीबजार नगरपालिका, यातायात व्यवसायी सरोकारवालासँगको छलफल र समन्वय पश्चात सदरमुकामलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको बताउनुभयो ।

प्रमुख लम्सालका अनुसार असार १० गतेसम्म सवारी चालकहरुलाई सचेत बनाइने र त्यसपछि कारवाही गरिने बताउनुभयो । पहिलो पटकमा ५ सय रुपैयाँ र त्यसपछि पनि पुनः गल्ती दोहोरिएमा एक हजार पाँच सयसम्म जरिवाना गरिने जानकारी दिनुभयो ।

एम्बुलेन्स र प्रहरीको गाडीलाई भने हर्न निषेध नगरिने जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी चयन हुनुभएको छ ।

राजविराजमा कोठा तोडफोड गर्ने युवाको रिहाइ गर्न प्रदर्शन भएकाे छ ।

राजविराजमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन् ।