कविता – नाति

–कविता राई

प्रत्येक तीन महिनामा
वृद्धभत्ता थाप्छु म
अनि
मेरो नाति छेउमा आएर बस्छ
खल्तीबाट झिक्छु र,
दिन्छु हजारको नोट
उसलाई थाहा छ
मेरो छेउमा कतिपटक आउनु पर्छ
ऊ आइरहन्छ र म दिइरहन्छु
हजारको नोट, अन्तिम पटकसम्म ।।

सम्झन्छु आफूलाई
ऊवेला
वेसाहा बोकेर खुवाउने
बा थिए
बाको आँखा छलेर
पैसा दिने आमा थिइन्
खैनी माडिन्थ्यो
सुशेल्दै हिॅडिन्थ्यो डाँडाडाँडा
हिरोनीको कुरा गरिन्थ्यो
पछि लागेर रुनेहरूको हुलै थियो
जवानी थियो
के थिएन सबथोक थियो ।

मेरा लागि मरिमेट्ने
स्वास्नी थिई
उसकालागि मसंग समय थिएन
तर, मेरालागि ऊसंग भरपुर मायाँ थियो
अहिले असी वर्षको उमेरमा
मसंग समय छ तर उसको साथ छैन
जॉगर छ तर तागत छैन
घाम झुल्किन लाग्दा चिरविराउने
घाम डुब्न लाग्दा बास वस्ने
चराले सिकाएकै थिए
कौशीमा घुर्ने परेवाले सिकाएकै थिए
समयको आफ्नै प्रहर हुन्छ
समयको निश्चित कहर हुन्छ ।।

म भन्छु यी कुरा
रीतु दोहोरिए जस्तो
रुखमा पालुवा फेरिए जस्तो
प्रत्येक पूर्णिमामा जून आए जस्तो
यहिॅ जिन्दगी आउन सक्दैन फेरि
पत्यिउँदैन मेरो नाति
निभ्न लागेको आगो
डुब्न लागेको घाम
कसलाई मन पर्छ र हगि ???

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजिकै शनिबार बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।…

फाइल फाेटाे दाङ । घोराहीमा मोटरसाइकल दुर्घटनाबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार साँझ रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा १९ वर्षीय…

संस्थाको पाँचौं साधारणसभा आगामी मंसिर २८ गते काठमाडौंमा हुन लागेको हो ।

मेष– नयाँ कामको थालनी हुने देखिन्छ । साताको शुरुमा काममा जिम्मेवारी थपिने एवं नयाँ काममा खर्च बढ्नेछ । व्यापार व्यवसायमा…

मेष- आम्दानी राम्रो हुनेछ । कार्यमा सफलता मिल्नेछ । वृष- प्रतिष्ठाको योग बन्नेछ । नोकरीमा फाईदा हुनेछ । मिथुन- विदेशबाट…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…