युट्युबबाट एकघण्टामै हटाइयो सन्नी लियोन नाचेको नेपाली भिडियो (हटाइएको भिडियोसहित)

काठमाडौं । सन्नी लियोनले आइटम डान्स गरेको नेपाली फिल्म ‘पासवर्ड’मा समावेशी ‘आजको साम’ बोलको गीत युट्युबबाट हटाइएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट राखिएको उक्त गीतको भिडियो बिहिबार केही घण्टा युट्युबबाट हटाइएकाे छ ।

बिहिबार काठमाण्डौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको गीत युट्युबमा राखिएको एक घण्टा बित्न नपाउँदै हटाइएको छ । गीत किन हटाइयो भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन । आधिकारिक युट्युब च्यानलबाट हटाइए पनि अरु विभिन्न युट्युब च्यानलले गीत अपलोड गरेका छन् ।

दुई घण्टासम्म युट्युबमा नराखिएको भिडियो ५ बजे युट्युबमा पुनः अपलोड गरिएको छ । भिडियोमा प्राबिधिक समस्या आएको कारण भिडियोलाई युट्युबबाट हटाइएको चलचित्र निर्माण पक्षले जनाएको छ ।

विक्रम जोशीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । यो गीतमा संगीत संयोजन महाराज थापाको रहेको छ । एक्सन, कमेडी र थ्रिलर जनराको फिल्ममा सन्नी लियोनी, अनुप विक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रम जोशी, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिसा सुनार, परी राना लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्मको कथा सिमा गुरुङले तयार पारेकी हुन् । भिडियो ५ करोडको लगानीमा बनाइएको हो ।

सम्राट बस्नेतले निर्देशन गरेको फिल्ममा अमृत बस्नेत र हिराल जोशीको लगानी रहेको छ । अमर जीत सिंहले छायांकन गरेको फिल्ममा अर्जुन जिसीले सम्पादन गरेका हुन् । यो फिल्म भदौ २७ देखि प्रर्दशन हुँदैछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…