बिर्तामोड–भद्रपुर सडक चार लेनमा विस्तार

झापा । भद्रपुर सडकखण्ड चार लेनको बन्ने भएको छ ।

प्रधानमन्त्री केपी ओलीले हरेक जिल्ला सदरमुकामलाई पूर्व–पश्चिम राजमार्गबाट चारलेनको सडकले जोड्ने घोषणा गरेपछि बिर्तामोड–भद्रपुर सडकखण्ड चार लेनको बनाउन निर्माण थालिएको छ । गत असोज महिनादेखि सुस्त गतिमा निर्माण शुरु भएको बिर्तामोड–भद्रपुर सडकखण्ड अब सदरमुकामसम्म जोडिने भएको हो । यसअघि बिर्तामोडदेखि गरामनी छेउसम्म चार किलोमिटर सडक चारलेन बनाउने सम्झौता भएको थियो ।

तीन वर्षभित्र सडक निर्माण सम्पन्न भइसक्ने बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको भनाइ छ ।

थप भएको योजनामा साढे १३ किलोमिटर सडक बन्ने भएको हो । यसअघि सम्झौता अनुसार २७ करोड रुपैयाँ लागतको सडक निर्माणका लागि डिभिजन सडक कार्यालय दमकले टेन्डर आह्वान गरेको थियो ।

सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट विनियोजन गरेको डिभिजन कार्यालयका इञ्जिनियर माधव पौडेलले जानकारी दिएका छन् । ‘काम शुरु भएको मितिले १८ महिनाभित्र पूरा गरिसक्ने लक्ष्य भएको पौडेल बताउँछन् ।’ चार किलोमिटर मध्ये २.८ किलोमिटर सडक १६ मिटर चौडा, एक मिटर नाली र फुटपाथसहित जम्मा २३ मिटर चौडा हुने गरी सम्झौता भएको थियो ।

सडकको काम आषिश–प्रेरा जेभीले गरिरहको जनाइएकाे छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…