जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

वलवीर भुजेल
सिन्धुली । सिन्धुलीमा जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको छ ।

कमलामाई नगरपालिका वडा नम्बर ८ पातिपरान निवासी अन्दाजी ४५ वर्षीया सितामाया रानामगरको ज्यान गएको हो । बजारबाट सामान किनी फर्कँदै गर्दा हात्तीले आक्रमण गरेको वडा अध्यक्ष टिका मोक्तानले जानकारी दिनुभयो ।

महिलाको मृत्युपछि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम थप जोखिम हुन नदिन हात्तीलाई नचलाउन, नजिस्क्याउन अग्रह गर्दै संयमित हुन स्थानीयलाई आग्रह गर्नुभयो । अहिले स्थानीयलाई सुरक्षित बनाउन आवश्यक सुरक्षा कर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो ।

त्यस क्षेत्रमा विगत दुई वर्षदेखि जंगली हात्तीले गाँउ नछाड्दा पातिपरान, तिनतले सिन्धुली कमलाखुँज क्षेत्रको रानीबास र निपानेका बासिन्दा त्रसित भएर बाच्न बाध्य छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

त्रियुगा नगरपालिका –९ राजाबासमा एक परिवारका ५ र कटारी नगरपालिका –४ सिसाघारीका २ परिवारका ७ गरी १२ जना बिरामी भएका…