Nic

स्थानीय तह र प्रदेश सरकारबीच ३७ बुँदे साझा प्रतिवद्धता

पुष्पराज अधिकारी
मकवानपुर । स्थानीय तह र प्रदेश सरकारबीच ३७ बुँदे साझा प्रतिवद्धता जारी गर्दै प्रदेश ३ को दोश्रो प्रदेश समन्वय परिषद्को बैठक सकिएको छ ।

दुईदिन हेटौंडामा चलेको बैठकले बिहीवार ३७ बुँदे साझा प्रतिवद्धता जारी गरेकाे हाे । प्रदेशको नीति तथा कार्यक्रमको कार्यान्वयनमा सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसात गरी तीनै तहबीचको सम्बन्धलाई अझ प्रभावकारी र प्रगाढ बनाउँदै विकासको साझा लक्ष्य प्राप्ति तर्फ उन्मुख हुने प्रतिवद्धता ब्यक्त गरेका छन् । संविधानप्रदत्त अधिकारको प्रयोग र कर्तव्य निर्वाहमा सहजीकरण, सहयोग र सम्मान गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

प्रत्येक स्थानीय तहमा पन्ध्र शैयासम्मको अस्पतालको स्थापना र सञ्चालनलाई प्रभावकारी बनाउँन आवश्यक सहयोग र समन्वय गर्ने, नेपाल सरकारले आत्मसात गरेको ‘समृद्ध नेपाल, सुखी नेपाला’ को राष्ट्रिय आकांक्षा र प्रदेश सरकारको ‘स्वस्थ, सुसंस्कृत र सुखी जनता समाजवाद उन्मुख समृद्ध प्रदेश’ भन्ने लक्ष्य र स्थानीय सरकारले तोकेको लक्ष्य समयमै हासिल गर्न योगदान पुर्याउने गरी प्रदेश र स्थानीय सरकारका आवधिक योजनाहरु सामञ्जस्यता कायम हुने गरी तर्जुमा गर्ने लगायतका प्रतिवद्धता ब्यक्त गरिएको छ ।

त्यसैगरी कानुन बमोजिम तोकिएका कर तथा गैरकर रकम विभाज्य कोष, प्रदेश सञ्चित कोष तथा स्थानीय सञ्चित कोषमा तोकिए वमोजिम समयमै जम्मा हुने प्रवन्ध मिलाउने, प्रदेश र स्थानीय तहलाई संविधान तथा कानून बमोजिम प्राप्त अधिकार, साझा अधिकारका विषयमा करका किसिम, दर निर्धारण र संकलन प्रकृया निर्धारण गर्दा संविधान प्रदत्त अधिकारको हस्तक्षेप नहुने एवम् कर भार दोहोरो नपर्ने व्यवस्था मिलाउने, प्रदेश सरकार र स्थानीय सरकारको आपसी सहकार्य एवम् समन्वय मार्फत सम्वत् २०७८ सम्ममा बालविबाह मुक्त प्रदेश र सम्वत् २०८० सम्ममा सबै स्थानीय तहलाई बालमैत्री घोषणा गर्न काम गरिने प्रतिवद्धता ब्यक्त गरिएको मन्त्री दुलालले बताउनुभयो ।

सुरक्षा व्यवस्थालाई जनस्तरसम्म मजबुत र सुदृढ बनाउन स्थानीय तहसँग सहकार्य गर्ने नीतिको अवलम्बन गर्ने, प्रदेश कानुनको कार्यान्वयनमा प्रभावकारिता ल्याउन र संविधान प्रदत्त प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीको विषयमा कानुन बनाउँदा आपसी छलफल, सहकार्य र समन्वय गर्ने, प्रदेश तथा स्थानीय तहबाट निर्मित कानूनबीच अन्तरसम्बन्ध स्थापित गर्न स्थानीय तहले तर्जुमा गरेका कानूनहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समयमै पठाउने व्यवस्था मिलाई एकीकृत अभिलेख राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा कार्यक्रमको समापन भएको थियो । कार्यसम्पादनका जटिलतालाई चिर्दै प्रदेश तथा स्थानीय तहको समृद्धि तथा खुसीका लागि उज्यालो सम्भावना सहित समृद्धिको मार्गचित्र कोर्न प्रदेश नम्बर ३ का लागि मार्ग दर्शकका रुपमा रहेको मन्त्री जमकट्टेलले बताउनुभयो ।

संघीयताको मर्म, संघ, प्रदेश र स्थानीय तहको क्षेत्राधिकार एवम् कर्तव्यको बुझाईमा अझ एक रुपता कायम गरेर अगाडि बढ्ने भएका छन् । आम नागरिकलाई संघीयताको मर्म र उद्देश्य व्यापक रुपमा जानकारी गराउन प्रदेश र स्थानीय सरकारको उपस्थितिलाई देख्न र महसुस गर्न सकिने बनाउनु पर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

जनताले देख्न र भेट्न सक्ने जनताका सबैभन्दा नजिकका स्थानीय र प्रदेश सरकार भएको धरातलीय यथार्थतालाई आत्मसात गर्दै, आपसी हार्दिकता, बिश्वास र सुसम्बन्धलाई अझ सुदृढ र खँदिलो बनाउँदै सरकारको प्रभावकारिता अभिवृद्धि गर्न यो बैठक कोशेढुङ्गा सावित हुनेमा बिश्वास गरिएको जनाइएकाे छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश सरकारले प्रहरीलाई कार्यालयलाई ७० लाख मूल्य बराबरका ३५ वटा मोटरसाइकल दिएको हो ।

किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा मुलुकै पहिलो स्थानीय निकाय हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…