सन्नी लियोनको नेपाली गीत पुन: युट्युबमा राखियाे

काठमाडौं । पूर्व पोर्नस्टार एवं भारतीय नायिका सन्नी लियोनले अभिनय गरेको नेपाली चलचित्रको गीत पुनः युट्युबमा अपलोड गरिएको छ । बिहिबार दिउँसो युट्युबमा अपलोड गरिएको गीत सार्वजनिक भएको केही समयमा नै युट्युबबाट हटाइएको थियो ।

सार्वजनिक भएको केही समयमा गीत हटाइएपछि विभिन्न टिकाटिप्पणी पनि भए । ती टिकाटिप्पणीलाई चिर्दै गीत हटाउनुको कारण बाहिर आएको छ । गीतमा भएको केही प्राविधिक समस्यालाई सुल्झाउनको लागि गीत युट्युबबाट हटाएको बुझिएको छ ।

दुई घण्टासम्म युट्युबमा नराखिएको भिडियो ५ बजे युट्युबमा पुनः अपलोड गरिएको छ । भिडियोमा प्राबिधिक समस्या आएको कारण भिडियोलाई युट्युबबाट हटाइएको चलचित्र निर्माण पक्षले जनाएको छ ।

सम्बन्धित समाचार : युट्युबबाट एकघण्टामै हटाइयो सन्नी लियोन नाचेको नेपाली भिडियो (हटाइएको भिडियोसहित)

ओएरआर डिजिटलबाट सार्वजनिक गरिएको गीत अहिले पुनः ओएसआर डिजिटलकै यु्ट्युब च्यानलबाट बाहिरिएको छ । गीत सार्वजनिक भएको केही समयमा अन्य केही युट्युब च्यानलमा पनि यो गीत अपलोड गरिएको थियो ।

विक्रम जोशीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत र महाराजा थापाको संगीत संयोजन छ । गीतलाई दुर्गा खरेलले गाएकी हुन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…