स्थानीय भाषाको नाटकमार्फत शिक्षाको सन्देश

रोजन तामाङ 
काभ्रेपलाञ्चोक । सामुदायिक जिद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढाउन तथा शिक्षाको गुणस्तर सुधारका लागि ग्रामीण सामुदायिक संगठन नेपाल (आरसिएफ) ले स्थानीय भाषामा कचहरी नाटक मञ्चन गरेको छ ।

संगठनले पनौती–१, र्यालेको सामुदायिक विद्यालय भालचन्द्रका विद्यार्थीले विद्यालय सुधार्न अभिभावकको भूमिका विषयमा नाटक देखाएका थिए । गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालय नै उपयुक्त छ भन्ने नाटकको सन्देश भएको आरसिएफको भनाइ छ ।

‘एउटा विद्यार्थीले गृहकार्य नगर्नुमा उसको अभिभावक कत्तिको दोषी हुन्छ’ त्यसको सन्देश दिने उदेश्यले त्यहाँका विद्यार्थीहरुले अभिभावक बोलाएर कचहरी नाटक देखाएका हुन् । तामाङ समुदायको विद्यार्थीको बाहुल्यता रहेको विद्यालयमा अभिभावकलाई राखेर ग्रामीण सामुदायिक संगठन नेपाल (आरसिएफ) संस्थाको सहयोगमा त्यहाँका विद्यार्थीहरुले अभिभावकको दृष्टिकोण सुर्धान तामाङ भाषामै कचहरी नाटक देखाएका हुन् ।

मादक पदार्थको सेवनले विद्यार्थीको संख्याका कसरी कमी आँउछ र विद्यार्थीको कस्तो मनोविज्ञान देखा पर्छ त्यसको बारेमा अभिभावकहरुलाई जानकारी गराउने कचहरी नाटक देखाइएको ग्रामीण सामुदायिक संगठन नेपालका कार्यकारी निर्देशक श्रीकृष्ण थापाले बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष किशोर थापाले नगर बालमैत्री उन्मुख बनेको समयमा यस्तो कचहरीले सामाजिक भावना र बालमैत्री स्थानीय शासनको निमित्त सहयोग पुगेको बताउनुभयो ।

कचहरी हेरेपछि पनौती वडा नम्बर २ का अध्यक्ष पुरुषोत्तम अधिकारीले विद्यार्थीले सामाजिक भावनालाई विकास गराउने कार्य गरेको सुनाए ।

‘समाज, परिवार र विद्यालयमा बोल्न नसकेका विषयलाई नाटकमार्फत समेटिएको छ’, नाटककी मुख्य पात्र सोनिका तामाङले भनिन् ।

संस्कृतिको जगेर्ना गर्दै खराब लतमा लागेका अभिभावकलाई सचेत बनाउँनका लागि नाटक देखाइएको अर्का पात्र निरज तामाङ बताउँछन् ।

नाटकमा देखाइएको पात्रको जस्तै विद्यार्थीमा पनि समस्या देखिएकाले घरमै गएर अभिभावकलाई सचेतना बनाउने काम गरिने प्रधानाध्यापक ओमप्रकाश वाइवाको भनाइ छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी चयन हुनुभएको छ ।

राजविराजमा कोठा तोडफोड गर्ने युवाको रिहाइ गर्न प्रदर्शन भएकाे छ ।

राजविराजमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन् ।