Nic

‘नेपालका जलरङकर्मी अन्तर्राष्ट्रिय कार्यशालामा’

काठमाडौं । नेपाली जलरङकर्मीहरुको प्रतिनिधित्व गर्दै सात कलाकारले अन्तर्राष्ट्रिय कला कार्यशालामा सहभागिता जनाएका छन् ।

भारतको कोलकाता, ताजपुरमा आयोजना गरिएको इन्टरनेशनल वाटरकलर कार्यशालामा आफ्ना सिर्जना प्रस्तुत गरे । कार्यशालामा नेपाल लगायत भारत र बंगलादेशका युवा र ख्यातिप्राप्त ७० जलरङकर्मीहरुको सहभागिता रहेको थियो ।

जेठ २६ गतेदेखि सञ्चालित तीनदिने कार्यशालामा नेपालका केशवराज खनालको नेतृत्वमा कृष्णगोपाल श्रेष्ठ, रविन्द्र मानन्धर, मनोज तामाङ, गोपाल दराई, रसिक राई र छवाङ लामाले आफ्नो कला प्रस्तुत गरेका थिए । प्रतियोगितात्मक कार्यशालामा नेपाली कलाकार दराईले बेष्ट फाईभको अवार्ड जिते भने कृष्णगोपालले स्पेशल अवार्ड हात पार्न सफल भए ।

कार्यशालाको अवधिमा ख्यातिप्राप्त कलाकारहरुले ‘डेमोस्ट्रेशन पनि दिएका थिए ।

नेपालका केशवराज खनाल, भारतका प्रविन कुमार झारखण्ड, मोमिता घोष र बंगलादेशका कौशर हुसैनले सहभागीसँग आफ्ना कलाशैली देखाएका थिए । कार्यशालामा प्रतिभाशाली कलाकारहरु मिन्टु डे, पोलास दत्ता, प्रशान्त खतुवा र मासुद हुसैनले पनि कला सिर्जना गर्नुभएको थियो । नेपाली कलाकार खनालले काठमाडौं उपत्यकाको चित्रण गर्नुभएको थियो ।

कार्यशालामा तीन देशका लगभग ७० कलाकारहरुको सहभागिता रहेको थियो । कार्यशालामा सहभागी हुँदा निकै उर्जा प्राप्त भएको र नेपाल पनि यस प्रकारका कार्यक्रमहरु आयोजना गरिनु पर्ने कलाकार मनोज तामाङले बताए । देश–विदेशका ख्यातिप्राप्त कलाकारहरुको कला हेर्न पाउनु र साथमा बसेर कला सृजना गर्न पाउँदा निकै उत्साहित भएको कलाकार तथा कार्टुनिष्ट रविन्द्र मानन्धरले बताए ।

बंगलादेशको ‘फोकश बंगलादेश’ भारतको ‘स्पेश कन्टेम्पोररी’को आयोजनामा भएको कार्यक्रमलाई ‘इन वाटरकलर म्युजियम’ ले समर्थन गरेको थियो । आगामी दिनमा यस प्रकारका कार्यशालालाई नेपाल लगायत अन्य देशमा पनि गर्दै लैजाने आयोजक कौशर हुसैनले बताए ।

नेपाली जलरङ अहिले निकै सशक्त हुँदै आएको र नेपाली कलाकारले विश्व स्तरीय कला सृजना गरेको आफूले पाएको इन वाटरकलरका भारत प्रतिनिधि प्रविणकुमारले बताए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा मुलुकै पहिलो स्थानीय निकाय हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…

भवन मंगलबार बिहान ११ बजे भत्किएको जनाइएकाे छ ।