गुठी विधेयक संशोधनमा सरकार लचिलो

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक फरक सन्दर्भका शीर्षकमा समाचार प्रकाशित गरेका छन् ।

बिहीबार जनता समाचार डट कम मा ‘नेपालका जलरङ्गकर्मी अन्तर्राष्ट्रिय कार्यशालामा’, स्थानीय भाषाको नाटकमार्फत शिक्षाको सन्देश, सन्नी लियोनको नेपाली गीत पुन: यूट्युबमा राखियो, ‘भूकम्पले संविधान बन्यो’ र ‘नेपालका जलरङ्गकर्मी अन्तर्राष्ट्रिय कार्यशालामा’ लगायतका समाचारहरु प्रकाशित गरिएका थिए

राजधानी दैनिक ले गुठी विधेयक संशोधनमा लचिलो बन्दै सरकार शिर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । समाचार अनुसार अभियन्ताहरुले आन्दोलन जारी राख्ने चेतावनी दिएपछि सरकार लचिलो भएको हो । संसदमा दर्ता भएको गुठीसम्बन्धी कानुन एकीकरण तथा संशोधन गर्न बनेको विधेयक २०७५ को व्यापक विरोध हुँदै आएको पनि समाचारमा विश्लेषण गरिएको छ ।

गोरखापत्र दैनिक ले प्रधानमन्त्री केपी ओली र फ्रान्सका प्रधानमन्त्री इर्डोड फिलिपबीच भेटवार्ता भएको समाचारलाई प्रमुख समाचार बनाएको छ । भेटमा उहाँहरुबीच द्विपक्षीय हित र नेपाल – फ्रान्स मैत्रीपुर्ण सम्बन्धबारे कुराकानी भएको समाचारमा उल्लेख छ । प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न फ्रान्सका प्रधानमन्त्री इर्डाेडलाई आग्रह गर्दै नेपाली वायुसेवामाथिको प्रतिबन्ध हटाउन समेत अनुरोध गर्नुभएको समाचार छ ।

अन्नपुर्ण पोष्ट् दैनिक मा मुठीमा गुठी शीर्षकमा समाचार छापिएको छ । समाचार अनुसार सरकारले संसदमा दर्ता गरेको गुठी विधेयकको सर्वत्र विरोध हुनथालेपछि सरकार विधेयक सच्याउन लचिलो भएको उल्लेख गरिएको छ ।

नागरिक दैनिक ले भाडा बढाउने निर्णय पाँच घण्टा पनि नटिकेको समाचारलाई प्रमुख समाचार बनाएको छ । पेट्रोलियम पदार्थकाे मूल्य घटेको र अन्य पक्षहरु यथावत रहेको अवस्थामा यातायात भाडा बढाएपछि चौतर्फी विरोधको सामना गर्नुपर्ने भएकाले सरकार निर्णय गरेको पाँच घण्टा नबित्दै फिर्ता लिन बाध्य भएको समाचार छ ।

नयाँ पत्रिका दैनिकमा नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेका सेक्टरमा जानाजान उडान कटौती गरेको र जापान तथा कोरियामा हुने भनिएको उडान नियतवश ढिला गरेको समाचार  छ । समाचारमा जेट एयरवेज ग्राउन्डेड हुँदा नेपाल एयरलाइन्सलाई भारतमा उडान थप्ने अवसर गुमेको र पाइलट छनोटमा पनि उस्तै समस्या रहको विषय पनि समेटिएको छ । यस्तै, पत्रिकाले धरानमा डेंगु नियन्त्रणबाहिर गएको खबरलाई पनि महत्वका साथ प्रकाशित गरेको छ ।

कारोबार दैनिक ले यातायात भाडा वृद्धिसँगै फिर्ता गरेको विषयलाई प्रमुख समाचार बनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…