पौडेल परिवारमा एकपछि अर्को बज्रपात, को हुन् डिआर ?

काठमाडाैं । पूर्वशिक्षामन्त्री डिआर पौडेलको परिवारमा एकपछि अर्को बज्रपात भएको छ । पौडेलको दाजुको निधन भएको महिनादिन नपुग्दै डिआरको पनि हृदयघातका कारण निधन भएको छ ।

दाजुको निधनले शोकमग्न भएको परिवार र आफ्न्तलाई सम्हाल्न डिआर केही साता अघि स्याङ्जा जानुभएको थियो । दाइको परिवारलाई सम्हालेर फर्किँएको साता नबित्दै डिआरको निधन भएको छ ।

डिआरका ८० वर्षीय बुबा र आमा, पत्नी र दुई छोरी हुनुहुन्छ ।  राजनीतिमा सशक्त  रूपमा अगाडि बढिरहेका बेला डिआरको निधन भएको छ ।

उहाँको निधनबाट परिवार विछिप्त भएका छन् । राजनीतिक नेता तथा कार्यकर्ता पनि भावविहिल बनेका छन् ।

को हुन् डिआर ?

बुबा : हरिप्रसाद पौडेल
आमा : हिमादेवी पौडेल
श्रीमति : गंगा बेलबासे
जन्म बि.स. २०२२ कार्तिक ४
हाल : माडी चितवन
जन्मस्थान : दरौ गाविस, कुन्चेवारी, स्याङ्जा
( २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहनुभएको थियो । मोहनबिक्रम सिंह र निर्मल लामाहरुले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन) को विद्यार्थी संगठनको कार्यकर्ता हुँदै राजनीति सुरु गर्नुभएका उहाँ २०३९मा विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य, २०४१ मा केन्द्रीय सदस्य हुँदै २०५१ मा तात्कालिन नेकपा (एकताकेन्द्र) विभाजन पछि अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय संयोजक समेत चुनिनुभएको थियो ।

२०४२ सालमा नेकपा (चौम) को सदस्यता लिनुभएका उहाँ २०४४ सालमा पार्टीको चितवन जिल्ला सदस्य हुनुभएको थियो । २०४७ सालमा माडीको सितलपुरमा भएको एकता महाधिवेशनका प्रतिनिधि समेत रहनुभएका उहाँ अखिल नेपाल जनवादी युवा लिगका संस्थापक केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो । २०५१ को पार्टी विभाजन पछि निर्मल लामा र नारायणकाजी श्रेष्ठलाई साथ दिनुभएका उहाँ, त्यस यता लगातार पार्टीको केन्द्रीय समितिमा रहँदै आउनु भएको थियो । बिगतमा लामो समय उहाँले पार्टीको बैचारिक मुखपत्र जनएकता साप्ताहिकको सम्पादक भई पत्रकारिता समेत गर्नुभएको थियो ।

तात्कालिन नेकपा (एकताकेन्द्र मसाल) र तात्कालिन नेकपा (माओवादी)सँग एकीकरण भएपछि बनेको एकीकृत नेकपा (माओवादी)को केन्द्रीय सदस्य भएर र पछि पोलिट्व्युरो सदस्य भएर निरन्तर क्रियाशिल रहनुभएका उहाँले पार्टी संगठनमा पुर्व, मध्य र पश्चिम नेपालमा काम गरेको अनुभव संगाल्दै दोस्रो संविधानसभामा सभासद र शिक्षामन्त्रीको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयवाट स्नातक, शहीद स्मृति क्याम्पस चितवनवाट आईए र माडी माविवाट एसएलसी गर्नुभएका स्व। पौडेलका दुई छोरी छन् । सादा र सरल जीवनशैली अपनाउँदै आउनुभएका पौडेलले हाल स्व. दिवाकर भुसालको स्मृति पुस्तकको सम्पादन गरिरहुनुभएको थियो । उहाँको आज बिहान करिब ७ बजे हृदयघातका कारण निधन भएको हो ।

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

त्रियुगा नगरपालिका –९ राजाबासमा एक परिवारका ५ र कटारी नगरपालिका –४ सिसाघारीका २ परिवारका ७ गरी १२ जना बिरामी भएका…