मानव बेचविखन रोक्न युवा परिचालन

भगीरथ भण्डारी
इलाम । मानव बेचविखन रोक्न जिल्लाको दुुई स्थानीय तहमा युवा परिचालन गरिएको छ । वैदेशिक रोजगारीमा जानेको चाप रहेकोबेला  माइ नगरपालिका र रोङ गाउँपालिकामा युवा सञ्जाल गठन गरेर उनीलाई परिचालन गरिएको हो ।

सामाजिक रुपान्तरणको लागि युवा सुरक्षित आप्रवानी र मानव बेचविखन लागि युवा समूहको परिचालन नामक परियोजना सञ्चालित गरेर स्थानीय निकायको सहकार्यमा मानवअधिकार मञ्चले काम शुरु गरेको छ । रोङ गाउँपालिका र माइ नगरपालिकामा १८ देखि ३० वर्षसम्मका युवा सञ्जाल बनाइएको छ । समूहमा समस्या भोगेर मुलुक फर्किएका आप्रवासी र आप्रवासनको सम्भावितहरु, समाजका अगुवा र सरोकारवाला राखिएको छ ।

कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीमा जान चाहानेहरुलाई सुरक्षित आप्रवासन सम्बन्धी परामर्शसेवा पनि शुरु गरिएको छ । माइ नगरपालिकाको कार्यालय, रोङ गाउँपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालयमा आप्रवासन सम्बन्धि परामर्श केन्द्र स्थापना गरेर परामर्श दिन थालिएको छ । दुई पालिकाबाट शुरु भएको कार्यक्रम जिल्लाका सवै स्थानीय तहमा विस्तार गर्ने योजना हरेको मञ्चका अध्यक्ष मोहनसिङ थेवेले बताउनुभएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…