जेसिबीले किच्यो अटोसहित ३ जना (७ तस्बिर)

धर्मराज कठायत
कञ्चनपुर । पूर्वपश्चिम राजमार्गको महेन्द्रनगर गड्डाचौकी सडक खण्ड अन्तर्गत बनगाउँमा जेसिबीले अटो रिक्सालाई ठक्कर दिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गड्डाचौकीबाट महेन्द्रनगर आउँदै गरेको म १ ह ७६३ नम्बरको अटो रिक्सालाई विपरित दिशाबाट आइरहेको से १ क ७३३ नम्बरको जेसिबीले ठक्कर दिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बैतडी जिल्ला देहिमाण्डु २ बस्ने ३८ वर्षिया किशनसिंह बोहरा रहेका छन् । एक महिला र एक पुरुषको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेहरुमा अटो चालक भीमदत्त नगरपालिका–११ का प्रेम थापा, देहिमाण्डु २ की ३२ वर्षिया लक्ष्मी बोहरा र उनका ढाई वर्षीय छोरा दिक्षान्त बोहरा, बेल्डाडी ७ का २६ वर्षीय सन्तोष लुहार र साईकल यात्री भीमदत्तनगरपालीका–१० का जगदिश पार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।

विष्टले जेसिबी लक्ष्मण साँउदको नाममा रहेको र चालक फरार रहेको समेत बताउनु भएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…