उसु प्रतियोगितामा मोरङ प्रथम

भगीरथ भण्डारी
इलाम । इलाममा सम्पन्न तीनदिने प्रदेश नम्बर १ स्तरीय उसु प्रतियोगितामा नौवटा स्वर्ण पदक हात पार्दै मोरङ प्रथम भएको छ । प्रतियोगितामा उदयपुरले द्वितीय स्थान हासिल गरेको छ भने झापा तृतीय घोषित भएको छ ।

प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयको आयोजना, प्रदेश खेलकुद विकास समितिको मूल ब्यवस्थापन र इलाम जिल्ला खेलकुद विकास समितिको स्थानीय ब्यवस्थापनमा सम्पन्न प्रतियोगिता इलाम सदरमुकामको नवनिर्मित इलाम फुटसलको खुल्ला भवनमा सञ्चालन भएको हो ।

प्रतियोगितामा उसु खेलका सान्सो विधाअन्तर्गत महिला र पुरुषका छुट्टाछुट्टै १३ वटा तौलसमूहमा प्रतिष्पर्धा भएको थियो भने थौलु विधाअन्तर्गत महिला र पुरुषका छुट्टाछुट्टै पाँचवटा उपविधाअन्तर्गतका नौ खेलहरूमा प्रतिष्पर्धा भएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कौरब खत्री गुल्मी । ‘अपांगता पूर्वजन्मको पाप हो र अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्याउन सक्दैनन्’ भन्ने गलत धारणा…

विद्यानन्द राम सप्तरी । प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका अभिभावकहरुले अनिश्चितकालिन रिले अनशन…

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिकताका साथ…

जनता टेलिभिजनमा आज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसालले कृषिक्षेत्रमा रहेको समस्यालाई समाधान गर्दै आधुनिक कृषि प्रणालीको विकास गरिने बताउनु…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा…