भन्सार छलेको समानमा ‘बार्गेनिङ’ गर्दा प्रहरी हवल्दारसहित ३ पक्राउ

सिरहा । भन्सार छलेर ल्याएका सामानमा ‘बार्गेनिङ’ गर्ने प्रहरी हवल्दारसहित तीन पक्राउ जना पक्राउ परेका छन् । गोलबजार नगरपालिका वडा नम्बर ४ का रञ्जित साहले भन्सार छलेर ल्याएको समाजमा बार्गेनिङ गर्दा प्रहरी हवल्दार अशोककुमार यादव पक्राउ परेका हुन् ।

हल्दार यादवले व्यावसायी साहले ज १ ज ४०२ नम्बर को गाडीमा भारतबाट अवैधरूपमा ल्याएका सामान छुटाउने भन्दै त्यसको लागि रकम मागेका थिए । सिरहाबाट खटिएको प्रहरी टोलीले हवल्दार यादवलाई नगरपालिका–७ स्थित ट्राफिकचोकबाट पक्राउ गरेको हो ।  हवल्दार यादवसँगै व्यावसायी साह र गाडी चालक शिवशङ्कर साह पनि पक्राउ परेका छन् । ।

हवल्दार यादवले जाँच गर्ने क्रममा भारतको जयनगरबाट लुकाइछिपाई ल्याइएको सामान छुटाइदिन्छु भन्दै गाडी चालक साहसँग बार्गेनिङ गरिरहेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता अपिलराज बोहराले जानकारी दिनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…