संसदीय समितिद्वारा पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न निर्देशन

काठमाडौं । संसदीय समितिले पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदी पुल निर्माणमा गम्भीर त्रुटी भएको जनाउँदै पप्पुलाई कारवाही गर्न निर्देशन हो ।

पुल निर्माण उपत्यका सडक विस्तार आयोजनाको निर्देशन विपरीत गुणस्तरहीन भएकाेले कारबाही गर्न सरकारलाई निर्देशन दिनुपरेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिनुभयो । समितिले पुलको स्थलगत निरीक्षण समेत गरेको थियो ।

निरीक्षणमा उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्रै पुलको निर्माण कार्य अघि बढाउनु भनेको तर कम्पनीले त्यसको विपरीत काम गरेको समितिको निचोड छ । निर्देशन समेत पालना नगर्ने तथा पहुँच र प्रभावको आधारमा आफूखुशी गर्ने कम्पनीलाई कारबाही गर्नुकाे विकल्प नरहेको समितिको निष्कर्ष छ ।

समितिले पुलको पुन डिजाइन नगरी काम अघि नबढाउन सरकारलाई सचेत गराएको छ । बैठकमा समितिका सदस्य जीप छिरिङ लामाले पुलको निर्माण कार्यमा ढिलाई गर्न नहुनेमा जोड दिनु भएको थियो । उहाँले निर्माण कम्पनीले दिनरात काम गरेर भएपनि पुलको निर्माण कार्य गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्ने स्पष्ट पार्नु भयो ।

पप्पु कन्स्ट्रक्सन कम्पनी विवादित निर्माण कम्पनी हो । यसले अन्य आयोजनामा पनि निर्माण थालेर अलपत्र छाड्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

दासचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

काठमाडौं । अनेरास्ववियुका संयोजक ऐन महरले भ्रष्टाचारको आरोप लागेर छानविनको प्रक्रियामा रहेका नेता, कार्यकर्तालाई कसैले बचाउ गर्न नमिल्ने बताउनुभएको छ…

काठमाडौं। पोखरामा दुई समूहबीचको विवादमा विद्यार्थी गिरफ्तार भएका छन् । पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघबीच भएको विवादमा प्रहरीले…

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी वृद्धि र लगानीकर्तालाई आकर्षित गर्न सरकारले औद्योगिक कानुनमा सुधार गरेको बताउनुभएको छ ।…

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपीओलीले सुशासन र विकास अहिले मुख्य एजेन्डा भएको बताउनुभएको छ…

काठमाडौं । सुनको मूल्य ८० हजार ३ सय रुपैंयामा पुगेर नयाँ रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कोरोना भाइरसका कारण…