Nic

प्रधानसेनापति थापा चीन जाने

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा चीन जानु हुने भएको छ । प्रधानसेनापति थापा जनमुक्ति सेनाको निमन्त्रणामा एक साताको लागि चीन जान लाग्नु भएको हो । उहाँ असार १ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

भ्रमणमा उहाँकी श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी अनन्त कार्कीसहित आठ जना रहनुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति थापाले चीनका विभिन्न सैनिक संरचना एवं ऐतिहासिक स्थल अवलोकनलगायत उच्चस्तरीय पदाधिकारीसँग भेटघाट गर्नुहुने कार्यक्रम छ ।

नेपाली सेनाले उच्च तहका सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको द्विपक्षीय हित र पारस्परिक सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छ । प्रधानसेनापतिसहितको टोलीे असार ७ गते स्वदेश फिर्ता हुनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा मुलुकै पहिलो स्थानीय निकाय हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…

भवन मंगलबार बिहान ११ बजे भत्किएको जनाइएकाे छ ।