गुठी विधेयकबारे विज्ञसँग सामूहिक छलफल हुने

काठमाडौं । संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने भएको छ । संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने निर्णय गरेको हो ।

गुठी विधेयक फिर्ता लिन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित सरोकारवाला निकायले सरकारलाई दवाव दिइरहेका बेला त्यस सम्बन्धी तथ्य बाहिर ल्याउने गरी विज्ञहरुसँग छलफल गर्ने निर्णय गरिएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिनुभयो । समितिको आउँदो साता बस्ने बैठकमा विज्ञहरु केशव बडाल, जगत बस्नेत, कृष्ण पौडेल, जगत देउजा, जनकराज जोशी, महेन्द्र श्रेष्ठ र प्रकाश जोशीसँग छलफल गर्ने समितिको निर्णयमा उल्लेख छ ।

समितिले भूमि सम्बन्धी आठौं संशोधन विधेयक असार १ गते बिहान बस्ने बैठकमा छलफल गर्ने कार्यतालिका पनि तय गरेको छ । त्यसैगरी असार २ गते सोमबार अपरान्ह ३ बजे वातावरण संरक्षण विधेयकमाथि छलफल गर्ने कार्यतालिका तय गरिएको समितिकी सभापति सुवेदीेले बताउनुभयो ।

समितिले मंगलबार असार ३ गते विहान साँढे ८ बजे वातावरण संरक्षण विधेयकमाथि छलफल गर्ने, असार ४ गते बुधबार अपरान्ह ३ बजे वातावरण संरक्षण सम्बन्धि विधेयकमाथि दफावार छलफल गर्नेछ । असार ५ गते बिहिबार बिहान वन र असार ६ गते शुक्रबार अपरान्ह ३ बजे भूमि सम्बन्धी आठौं संशोधन विधेयकमाथि दफावार छलफल शुरुगर्ने समितिले जनाएको छ ।

समितिमा तीन वटा विधेयक पेश गरिएको छ । ती सबै विधेयकमाथिको छलफल आगामी साता भित्र सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको पनि समितिकी सभापति सुवेदीले बताउनु भयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…