रवि लामिछानेसँग जोडियो ऊर्जा मन्त्रीको नाम, मन्त्रीको ध्यानाकर्षण

काठमाडौं । रवि लामिछानेसँग जोडिएर समाचार आएपछि ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनको सचिवालयले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । विभिन्न अनलाईन र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको  हो ।

सञ्चारकर्मी रवि लामिछाने ‘ठुलो भ्रष्टाचारी हुन्’ भन्ने शीर्षक राखेर नयाँ पत्रिकाको नक्कली कटिङ्ग समेत बनाई मन्त्री पुनको भनाई भन्दै मनगढन्ते समाचार प्रकाशित गरेकोमा सचिवालयले आपत्ति जनाएको छ ।

उक्त समाचारबारे सचिवालयले नयाँ पत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटासँग बुझ्दा सो समाचार नयाँ पत्रिका दैनिकको कुनै पनि पेजमा प्रकाशित नभएको भन्दै उक्त खबर झुटो भएको जानकारी सचिवालयले जनाएको छ ।

त्यस्तै पत्रकार लामिछानेको सन्दर्भमा मन्त्री पुनले कुनै पनि टिप्पणी र भनाइ सार्वजनिक नगरेको मन्त्री पुनका प्रेश संयोजक रोशन खड्काले स्पष्ट पारेका छन् ।

मन्त्रीको हवाला दिंदै आएका समाचारहरु सबै असत्य भएको र मन्त्री पुनको भनाइ, फोटो र  नाम जोडेर नक्कली पत्रिका समेत बनाएको प्रारम्भिक अनुसन्धानका क्रममा फेला पारेको सचिवालले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…