Nic

७० वर्षीय वृद्धद्वारा पत्नीको हत्या गरी आत्महत्या

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीस्थित जगतपुरी थाना क्षेत्रमा एक ७० वर्षका वृद्धले श्रीमतीलाई पिटिपिटी हत्या गरेका छन् । त्यसपछि उनले आफैँले पासो लगाइ आत्महत्या गरेका छन् । मृत्युपछि सूचना पाएको प्रहरीले शवहरुलाई पोस्टमार्टमको लागि पठाएको छ । केही वर्षपहिला पहिलो श्रीमतीको मृत्यु भएपछि वृद्धले ४५ वर्षीया महिलासँग दोश्रो विवाह गरेका थिए ।

श्रीमतीको हत्या गरी आत्महत्या गर्ने वृद्धको नाम मानक चन्द्र हो । उनी आफ्नी श्रीमतीसँग भुइँतल्लामा बस्दै आएका थिए । मानकका तीन छोराहरु घरको माथिल्लो तल्लामा बस्थे । शुक्रबार विहान नातिले हजुरबुवालाई उठाउन जाँदा यो सबै घटनाको बारेमा थाहा भएको हो ।

मानकको दोश्रो श्रीमतीको शव खाटमा रगतमा लत्पितिएको छ भने उनको शव पंखामा भुण्डिएको अवस्थामा थियो । मानकले पहिलो पत्नीको मृत्यु भएको ६ महिनापछि दोश्रो विवाह गरेका थिए । विवाहको केही समय ठिक भएता पनि त्यसपछि भने उनीहरुबीच झै–झगडा हुन थालेको स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा मुलुकै पहिलो स्थानीय निकाय हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…

भवन मंगलबार बिहान ११ बजे भत्किएको जनाइएकाे छ ।