सवारी दुर्घटनामा एघार जनाको मृत्यु

फाइल तस्बिर

काठमाडौं । करिब २३ घण्टाको अवधिमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो १ः२० देखि शुक्रबार दिउँसो १२ः२० बजेको अवधिमा सुर्खेत, रुपन्देही र नवलपरासी (बर्दघाट सुस्ता पूर्व), रामेछाप, धनुषा, कञ्चनपुर, काभ्रेपलाञ्चोकमा भएको दुर्घटनामा ११ जनाको ज्यान गएको हो ।

सुर्खेतमा बराहताल गाउँपालिका–२ गिरीघाटस्थित सडकमा भे १ त ५२८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई नालीमा पल्टिएर दुर्घटना हुँदा ट्याक्टरमा सवार वीरेन्द्र नगर नगरपालिका–१ बस्ने १८ वर्षीय राम बहादुर नेपालीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बराहताल गाउँपालिका–२ गिरीघाट बस्ने १५ वर्षीय क्षितिज विष्ट र १६ वर्षीय राम बहादुर नेपालीलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित सडकमा भे ७ प १८३४ नम्बरको मोटरसाइकल भे १ ह ३८७४ नम्बरको अटो रिक्शामा ठक्कर खाई भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका–४ स्थित कर्णाली प्रदेश अस्पताल सुर्खेत अगाडि बस्ने ४७ वर्षीय नारायण देव गिरीको देउती नर्सिंङ होममा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही नर्सिङ होममा उपचार भइरहेको छ । दुवै सवारी साधन र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१ खुनगाईस्थित सडकमा लु–१ त ७२४२ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका(३ पडरिया बस्ने २२ वर्षीय रामसेवक धोवीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सहचालक सोही ठाउँ बस्ने १८ वर्षीय शैलेन्द्र धोवीलाई उपचारको लागि भारततर्फ पठाइएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्वं), गैंडाकोट नगरपालिका–१६ अमरापुरीस्थित युनिक अमरापुरी बोर्डिङ स्कूलको ग १ क ३६१० नम्बरको बसको ढोकाबाट खसेर च्यापिदा गम्भीर घाइते भएकी गैंडाकोट नरपालिका–१७ बस्ने ११ वर्षीया बिनिता पौडेललाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बिद्यार्थीहरु बसमा चढ्ने क्रममा बसभित्र रहेका बिद्यार्थीहरुले बसको गियर चलाउँदा बस अगाडि बढ्न जाँदा उक्त दुर्घटना भएको बताइएको हो । बसका चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

रामेछापको दोरम्बा गाउँपालिका–६ भस्मेस्थित सडकमा बा २ ख ७२४२ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका रामेछाप दोरम्बा गाउँपालिका–६ लखनपुर बस्ने ५८ वर्षीय हरि बहादुर कार्की र सोही ठाउँ बस्ने ५८ वर्षीय उद्धव गौतमको धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जान उपचार पश्चात डिस्चार्ज भऐका छन् । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ गोदारस्थित सडकमा ना ६ ख ७१०० नम्बरको बसले ज ८ प ५१४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मिथिला बिहारी नगरपालिका–४ कजरा रमौल बस्ने ३५ वर्षीय रमानन्द यादवको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–६ बनगाउँ भगवतीटोलस्थित सडकमा से १ क ७३३ नम्बरको जेसिबीले म १ ह ७६३ नम्बरको अटोलाई ठक्कर दिँदा आटोमा सवार ३ जनाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका बैतडी दशरथ नगरपालिका–२ देहिमाण्डौ बस्ने २९ वर्षीय किसन बोहरा, भारत युपी बस्ने ५८ वर्षीय तिल प्रसाद र कास्की पोखरा महानगरपालिका पृथ्वीचोक बस्ने ३५ वर्षीया बिना रिजालको महाकाली अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनमा घाइते भएका अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जेसिबी चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ कुसडाँडास्थित सडकमा बीआर ३२ पीए ४३४१ नम्बरको स्कारपिओ गाडीले बा–७० प ८९९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक महाभारत गाउँपालिका–८ बस्ने ३६ वर्षीय तिलक आलेको उपचारका लागि धलिखेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार महाभारत गाउँपालिका–३ बस्ने २३ वर्षीया लक्ष्मी माया घिसिङको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…