यसरी विदाई गरियो धनिराम पौडेललाई (६ तस्विर)

आनन्द पोखरेल

चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व मन्त्री धनिराम (डीआर) पौडेलको निधन भएको छ । हृदयघातका कारण पौडेलको निधन भएको हो । गृहजिल्ला चितवनको माडीमा पौडेलको निधन भएको हो । काम गर्दागर्दै ढलेका पौडेललाई अस्पताल लैजाने क्रममा बाटोमा नै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

धनिराम पौडेल नेकपाका केन्द्रीय सदस्य तथा पूर्व शिक्षा मन्त्री हुन् । पौडेलका श्रीमती तथा दुई छोरी हुनुहुन्छ । चितवनको माडी नगरपालिकास्थित बघौडाको नयाँ पिपरिया स्थायी घर भएका पौडेलले स्नातक तहसम्मको अध्ययन गर्नुभएको थियो । दोश्रो संविधानसभा चुनावमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य हुनुभएको पौडेल पुष्पकमल दाहालको दोश्रो प्रधानमन्त्री कालमा शिक्षा मन्त्री हुनुभएको थियो ।

शुक्रवार बिहान ह्दयघातका कारण निधन भएका नेकपाका केन्द्रीय सदस्य तथा पूर्व शिक्षा मन्त्री धनिराम पौडेलप्रति नेकपाका शीर्षस्थ नेताहरुले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । पौडेलको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा, सचिवालय सदस्य बामदेव गौतम, सचिवालय सदस्य तथा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, स्थायी समिति सदयहरु अमिक शेरचन, देवप्रसाद गुरुङ, प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाललगायतका नेताहरुले माडीमा नै पुगेर अन्तिम श्रद्धाञ्जली दिनुभएको छ । पौडेलको आजै माडीमा हिन्दू संस्कार अनुसार अन्त्यष्टि गरिएको छ ।

को हुन् धनीराम पौडेल ?
स्वर्गीयधनीराम पौडेल विसं. २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहनुभएको थियो । मोहनविक्रम सिंह र निर्मल लामाहरुले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन)को विद्यार्थी संगठनको कार्यकर्ता हुँदै राजनीति शुरु गर्नुभएका पौडेल २०३९ मा विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य, २०४१ मा केन्द्रीय सदस्य हुँदै २०५१ मा तात्कालिन नेकपा (एकताकेन्द्र) विभाजन पछि अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय संयोजक समेत चुनिनुभएको थियो ।

२०४२ सालमा नेकपा (चौँथो)को सदस्यता लिनुभएका पौडेल २०४४ सालमा पार्टीको चितवन जिल्ला सदस्य हुनुभएको थियो । २०४७ सालमा माडीको शितलपुरमा भएको एकता महाधिवेशनका प्रतिनिधि तथा अखिल नेपाल जनवादी युवा लिगका संस्थापक केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो ।

२०५१ को पार्टी विभाजन पछि निर्मल लामा र नारायणकाजी श्रेष्ठलाई साथ दिँदै लगातार पार्टीको केन्द्रीय समितिमा रहँदै आउनुभएको थियो । विगतमा लामो समय पार्टीको वैचारिक मुखपत्र जन एकता साप्ताहिकको सम्पादक भइ पत्रकारिता पनि गर्नुभएको थियो ।

तात्कालिन नेकपा (एकताकेन्द्र मसाल) र तात्कालिन नेकपा (माओवादी)सँग एकीकरण भएपछि बनेको एकीकृत नेकपा (माओवादी) को केन्द्रीय सदस्य हुँदै पोलिट ब्युरो सदस्य भएर निरन्तर क्रियाशील रहनुभएका पौडेलले पार्टी संगठनमा पूर्व, मध्य र पश्चिम नेपालमा काम गरेको अनुभव संगाल्दै दोस्रो संविधानसभामा सभासद र शिक्षा मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्नुभएको थियो ।

चितवनकै माडी माविबाट एसएलसी उत्तीर्ण गर्नुभएका पौडेलले चितवनको शहीद स्मृति क्याम्पसबाट आईए तथा त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको शिक्षा हासिल गर्नुभएको थियो । सादा र सरल जीवनशैली अपनाउँदै आउनुभएका पौडेलले हाल स्व. दिवाकर भुसालको स्मृति पुस्तकको सम्पादन गरिरहुनुभएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को…

चेकोस्लोभाकिया । पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस…

काठमाडौं । ‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर…

मेष- नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ । वृष- अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ । मिथुन- नयाँ कामको…