‘जनतासँग मेयर’ (भिडियोसहित)

‘जनताले अनुभुति गर्नेगरी विकास गर्छु’

खेम बम

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाईंले जनताले अनुभुति गर्नेगरी विकासको खाका तयार भएको बताउनुभएको छ ।

जनता टेलिभिजनको ‘जनतासँग मेयर’ कार्यक्रममा जनताका जिज्ञाशा मेटाउँदै प्रमुख बजगाईंले काम गर्ने क्रममा केही त्रुटि भएपनि सुधार्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । विरोधका नाममा विरोध गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउँदै बजगाईंले गलत कामको प्रमाणसहित पेश गरी जनप्रतिनिधिलाई सचेत पार्नुपर्ने उल्लेख गर्नुभयो ।

लम्कीचुहाका बासिन्दाले नगरप्रमुख बजगाईंले जनताका हितमा उल्लेख्य काम गरेको भन्दै प्रशंसा गरेका थिए । केही सहभागीले मेयरले जातीवाद र प्रत्रकारलाई पोसेको भन्दै सुध्रिन सुझाव दिएका थिए ।

यिनै प्रश्नको जवाफ फर्काउँदै मेयर बजगाईंले आफूले राज्यको चौथो अंगलाई परिवन्धमा पार्नसक्ने सामथ्र्य नराख्ने बताउनुभएको थियो । स्थानीय सरकार गठन भएको दुई वर्षको अनुभव सुनाउँदै मेयर बजगाईंले कर्मचारी समायोजनका कारण धेरै समस्या झेलेको सुनाउनुभयो ।

विकास र पर्यटन पूर्वाधारलाई मुख्य कडीका रुपमा लिएको बताउँदै बजगाईंले जनताको घरदैलोमा पुगेर समृद्धिबारे सुसूचित पार्ने उल्लेख गर्नुभयो ।

कैलालीको चिसापानी, टीकापुर बृहत्त उद्यानलगायतका पर्यटकीय गन्तव्यको संरक्षण प्रवद्र्धन गर्दै आगामी दिनमा विकासे गतिलाई अगाडि बढाउने उहाँको भनाइ छ । जनता टेलिभिजनले प्रसारण गरेको कार्यक्रम ‘जनतासँग मेयर’मा करिब ६० बढीको सहभागिता रहेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कालान्तरसम्म नेपालका सबै पार्टीहरुको एकता गर्दै एकिकृत कम्युनिष्ट पार्टी निर्माणमा जबज मियो बन्ने देखिन्छ ।

आज (शनिबार) बिहान भूकम्प भएको छ ।

नेपालमा ९ हजार ७ सय डाक्टर आवश्यक पर्छन, तर हजार डाक्टर नेपालमा अपुग रहेका छन् ।

मेष–काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ । वृष– पारिवारीक रमाइलो बढ्नेछ । वैवाहिक कुरा चल्नेछ । मिथुन–खेलकुदमा मन जानेछ…

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।