दुई इन्जिनियर घुससहित सहित पक्राउ

कविता खड्का
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर र सव–इन्जिनियर घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई घुस लिइसकेको अवस्थामा घुस रकमसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर मिसुहाङ किराँत र सव–इन्जिनियर नइन्द्र पारोहाङ राई रहेका जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले जानकारी दिनु भयो ।

किराँतको साथबाट घुस लिएको ५० हजार र राईको साथबाट २० हजार नगदसहित अख्तियारको इटहरी कार्यालयबाट खटिएर गएको टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

घुस रकमसहित कार्यालय परिसरबाटै पक्राउ परेका उनीहरुबारे थप अनुसन्धान भइरहेको कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुले बाटो मर्मतको बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारको टोली खटिएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काममा घाटा बेहोर्नु पर्नेछ, सरसामान हराउन सक्नेछ । वृष आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ । मिथुन– सामाजिक प्रशंसाको भागीदार भइनेछ,…

आफ्नो घर तथा बस्ती वरपरका नदी हामी आफैले सरसफाइ गर्नुपर्छ ।

कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ?

सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक जना पक्राउ परेका छन् ।

करैयामाई गाउँपालिकास्थित जन सामुदायिक माध्यमिक विद्यालय परिसरमा पेस्तोल फेला परेको हाे ।