Logo मंसिर १४, २०७७ आइतबार


मिडिया विधेयक विरुद्धको हस्ताक्षर प्रधानमन्त्रीलाई

काठमाडाैं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता लिन दबाब स्वरुप संकलन गरिएको पत्रकारहरुको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत् प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ ।

नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले शुक्रबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री ओलीलाई विधेयक फिर्ता लिन दबाब स्वरुप संकलन गरिएको पत्रकारहरुको हस्ताक्षर बुझाएको हो । प्रधानमन्त्रीले समय नदिएपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत विधेयक फिर्ताका लागि दबाब स्वरुप पत्रकारहरुले संकलन गरेको हस्ताक्षर सरकारलाई बुझाइएको महासंघका कार्यबाहक अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

महासंघले विधेयक फिर्ता लिन दबाब दिन असार ३, ४ र ५ गते देशभरका पत्रकारहरुको हस्ताक्षर अभियान संकलन गरेको थियो । सोही हस्ताक्षर शुक्रबार देशभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री ओलीलाई बुझाइएको हो । सरकारले मिडिया विधेयक फिर्ता नलिएपछि महासंघले असार मसान्तसम्म सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ ।

प्रेसमाथि अंकुश लगाउने गरी आएको विधेयक फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने पनि महासंघका कार्यबाहक अध्यक्ष पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

'सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुुपर्छ, प्रदेशले आफ्नो भूमिका आफैं निर्धारण गर्नुपर्छ ।'