Logo मंसिर १२, २०७७ शुक्रबार


शहीद परिवारलाई लैनाे भैंसी

विद्यानन्द राम
सप्तरी । मधेश आन्दोलनका शहीद तथा घाइते परिवारको जीवनस्तर उकास्न सहयोग पुर्याउने उद्देश्यले प्रदेश २ सरकारले लैनाे भैंसी वितरण कार्यको शुरुवात गरेको छ ।

राजविराज नगरपालिका–९, मलेठबाट आइतबारदेखि पहिलो चरण अन्तर्गत ३४ शहीद तथा घाइते परिवारलाई लैनाे भैंसी वितरण गरिएको हो ।

भैंसी वितरण गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीदको हकहितका लागि सरकारले हरसम्भव कार्य गर्ने प्रतिवद्धता जनाउनुभयो । शहीदकै योगदानले मुलुकमा संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रको स्थापना भएकाले शहीद परिवारको आर्थिक अवस्थामा राहत ल्याउने हिसाबले प्रदेश सरकार अघि बढेको साहको भनाइ थियो ।

प्रदेशभरका आठै जिल्लाका १ सय २२ शहीद तथा घाइते परिवारका लागि लैनाे भैंसी तथा गोठ सुधारका लागि प्रतिपरिवार तीस हजार रुपैयाँ प्रदान गर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…