पशुपतीको गुठी हेर्ने हो भने पनि त्यहाँको आजसम्मको आय के कती छ, भनेर कसैलाई थाह छैन् । त्यहाँ कसले के गरिरहेका छन्, कुनै जानकारी छैन् । त्यहाँका गुठीयार र महन्तहरुले मनलाग्दी गरिरहेको सहजै अनुमान गर्न सकिन्छ ।
यतिबेला सरकारले राष्ट्रियसभामा पेस गरी फिर्ता लिएको गुठी विधेयकका सन्दर्भमा देशव्यापी रुपमा पक्ष र विपक्षमा बहस जारी छ् । राजधानीबासी मात्रै होइन, मुलुकभरका आम जनसमुदायले गुठी विधेयकमा चासो देखाइरहेका छन् । यसरी गुठीको विषय सतहमा आउनासाथ बहसमा उत्रिएका विभिन्न संघसंस्थामध्ये एक हो, राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल । सरकारले प्रस्तुत गरेको विधेयक नल्याउँदै यसरी बहस नै गरिहाल्नुपर्ने बेला नभएको बताउनुहुन्छ मञ्चकी केन्द्रीय अध्यक्ष सरस्वती सुब्बा । प्रस्तुत छ, सुब्बाले विधेयकसँग प्रत्यक्ष जाेडिने अर्काे विषय भूमिसुधार र जारी बहसमै केन्द्रीत रहेर नरेश न्यौपानेसँग गर्नुभएको कुराकानी ।
गुठी विधेयकको विषयलाई लिएर त्यसको पक्ष र विपक्षमा देशव्यापी जुन आवाजहरु उठीरहेका छन्, यसमा भूमी अधिकार मञ्चको धारणा के हो ?सरकारले विधेयक ल्याउँदा पक्ष र विपक्षमा बहस उठ्नु स्वभाविकै हो । कुनै निर्णय कसैको पक्षमा हुँदा कसैको विपक्षमा पनि हुन सक्छ । हाम्रो पनि विधेयकको केही बुँदामा असहमती छ । तर हाम्रो असहमती भएपनि विधेयकको फिर्ता समस्याको समाधान होइन । यसलाई संशोधन गरेर पास गर्नुपर्छ ।
तपाइँहरुको असहमती चाहीँ खास के के विषयमा हो ? सच्याउनुपर्ने बुँदाबारे बताइदिनुहोस न ।हामीले मोही नलागेका तर वर्षौंदेखि जमिनको संरक्षण गरेर बसेका किसान छन्, उनिहरुले न्याय पाउने कुरामा विधेयकमा उल्लेख हुनुपर्छ भनिरहेका छौं । किसानलाई यसरी अन्यायमा पार्नुहुँदैन भन्ने कुरा हो ।
यो विधेयकले तपाइहरुको अभियानलाई सहयोग पुर्याउँछ वा असहजता थप्छ, कसरी लिनुभएको छ ?सवाल उठ्ने र उठ्नासाथ राष्ट्रिय मुद्दा हुने त्यो त हाम्रोमा धेरै नै हुन्छ । हामिले हिंजोदेखि नै गुठीसम्बन्धि ऐन ल्याइनुपर्छ भनेर आवाज उठाउँदै आइरहेका थियौं । पहिले - पहिले राज्य र गुठीले किसानलाई जग्गा दिनुपर्छ भन्ने मात्रै बहस चल्थ्यो । तर आज गुठी र गुथी भिन्न -भिन्नै छन् र तिनको बेग्लाबेग्लै अध्ययन गर्नुपर्छ भन्ने नयाँ कुरा आएको छ । गुठीलाई कुनै पनि हालतमा व्यवस्थापन गर्नैपर्छ । तर यसका लागि एउटा शक्तिशाली संयन्त्र बनाउनुपर्छ । अझपनि देशभरीका गुठी र तिनको व्यवस्थापनबारे राम्रो बहस भएको छैन् । अहिले त केवल उपत्यकाका गुठीको मात्रै कुरा आएको छ । यतिमात्रै होइन, आज पशुपति गुठीको जग्गा भएकाे सिन्धुपाल्चोकको फटकशिला, दोलखाको भटुको गुठीको जग्गा, १२ सय विघा जग्गा भएको दाङको गुठीकाे जग्गा र जनकपुरको जानकी मन्दीर लगायत को जग्गाको विषयलाई पनि बहसमा ल्याउनुपर्छ । यहाँ त यि जग्गाको कुरा नउठाएर केवल गुठीको विषय मात्रै उठाइएको छ । पुजापाठ गरिने ठाउँलाई मात्रै बहस गर्नु त राम्रो त होइन नि ।
गुठी र गुथी फरक - फरक हुन भनिन्छ, यसमा खास के भिन्नता छ ?गुठी भनेको गुठी जमिनलाई जनाउँछ । मानिसहरुले कतै मालपोत तिरेर त कतै पोत तिरेर वा कमाएको मध्ये केही न केही रकम गुठीलाई तिरेर जग्गाको संरक्षण र उत्पादन गर्ने गरेको जग्गा नै गुठी हो । यसभित्र मालपोत तिरेर कमाएको नीजि जग्गा पनि पर्छ । तर गुठीयार भनेको चाहीं यसका सञ्चालक हुन्, जसलाई महन्त वा पुजारी पनि भन्ने गरिएको छ । गुुठीयारहरुले आफ्नो स्वार्थ पुरा गरिरहने तर गुठीलाई खासै महत्व नदिने देखिन्छ । गुठिले समग्र जमिनको विषय समेटेको हुन्छ भने गुथिहरुले चाडपर्व, पुजापाठ वा संस्कृतिको मात्रै बढि वकालत गरेको पाइएको छ ।
त्यसाेभए के याे गुठीसम्बन्धि चलिरहेको बहसले किसान र जमिनबारे तपाइँहरुले उठाउँदै आएको सवाललाई ढाडस दिन्छ त ? वा झन अन्तै माेड्छ ?विधेयक त अहिले स्थगन गरिएको छ । भूमिसुधार मन्त्रालयले पत्रकार सम्मेलन नै गरेर फिर्ता लिइसकेको छ । तर वषौंंवर्षदेखि जुन किसानले गुठीको जग्गामा खेती किसानी गर्दै आइरहनुभएको छ, त्यतातीर यो विधेयक नमोडिएर धर्म, संस्कार र संस्कृतिको मात्रै वकालत गर्नेगरि आएको हामीले बुझेका छौं । केवल देविदेवताको विषयमा मात्रै केन्द्रीत भएर वास्तविक किसानलाई न्याय नहुने हो की भन्ने चिन्ता बढेको छ । त्यसैले गुठीको सांस्कृतिक महत्व पनि बेग्लै छ र यता जमिनसँग पनि उस्तै सम्बन्ध भएको तर्फ सबै संवेदनशील बन्नुपर्ने देख्छु । उत्पादनसँगको गुठीको सम्बन्धलाई बिर्सनुहुँदैन ।
केही विश्लेषकहरुले गुठी सामन्तवादको अवशेष हो पनि भनिरहेका छन्, तपाइँलाई के लाग्छ ?सही प्रश्न गनुभयो । तपाइँलाई म एउटा उदारहण दिउँ कि, पशुपतीको गुठी हेर्ने हो भने पनि त्यहाँको आजसम्मको आय के कती छ, भनेर कसैलाई थाह छैन् । त्यहाँ कसले के गरिरहेका छन्, कुनै जानकारी छैन् । त्यहाँका गुठीयार र महन्तहरुले मनलाग्दी गरिरहेको सहजै अनुमान गर्न सकिन्छ । हिजो सिंगो देश राजाले आफ्नै ठानेजस्तो गुठीलाई महन्तहरुले आफ्नो पेवा बनाएका छन् । यसरी यो सामन्तवादकोअवशेष हो भन्ने कुरा त प्रष्टै देखिन्छ त ।