कतारमा रानाभाटलाई मृत्युदण्ड नदिइएको पुष्टी

काठमाडौं । भारतीय नागरिकको हत्यामा दोषी ठहरिएका चितवनका विनोद रानाभाटलाई मृत्युदण्डको सजाय नदिइएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

रानाभाटलाई कतारको अदालतले तीन वर्ष सजाय र २ लाख ६० हजार रियाल ब्लड मनी तिर्नुपर्ने फैसला सुनाएको दूतावासको भनाइ छ ।
आदेशअनुसार ३० अक्टोबर २०१९ मा तीन वर्षको सजाय सकिनेछ । ब्लड मनी भुक्तान गरेपछि रानाभाट जेलमुक्त हुनेछन्,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसअघि रानाभाटलाई कतारमा मृत्युदण्ड दिइएको हल्ला फैलाइएको थियो ।

सामाजिक सञ्जालमा उनलाई मृत्युदण्ड दिइएको हल्ला फैलाइएको थियो। दूतावासले त्यस्तो फैसला नभएको जनाएको हो । बैदेशिक रोजगारीमा रहँदा सम्झौता अनुसारको काम गरिरहेका रानाभाटलाई भारतीय कामदारले आक्रमण गरेकोमा ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारत सनैयाका अर्का कामदारको मृत्यु हुन पुगेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काममा घाटा बेहोर्नु पर्नेछ, सरसामान हराउन सक्नेछ । वृष आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ । मिथुन– सामाजिक प्रशंसाको भागीदार भइनेछ,…

आफ्नो घर तथा बस्ती वरपरका नदी हामी आफैले सरसफाइ गर्नुपर्छ ।

कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ?

सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक जना पक्राउ परेका छन् ।

करैयामाई गाउँपालिकास्थित जन सामुदायिक माध्यमिक विद्यालय परिसरमा पेस्तोल फेला परेको हाे ।