‘उद्योग बेच्नेहरु सडक र सदनमा कराइरहेका छन्’

नारायण थापा
भक्तपुर ।  सूर्यविनायक नगरपालिकाको पाँचौं नगरसभाको शुभारम्भ गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विकासको काममा पार्टी नहुने बताउनुभएको छ ।

विकासमा पार्टी गत हुँदा विकास नहुने बताउँदै राजनितिक स्वार्थबाट माथि उठेमात्र विकास हुने बताउनुभयो ।  हनुमन्ते नदी सफाई अभियान र अरनिको राजमार्ग सुरक्षित हुँदा सबैलाई लाभ हुने बताउनुभयो ।

पाखरेलले अहिलेको सरकार मात्र परिवर्तन भएको होइन प्रणाली पनि परिवर्तन भएको छ, निति, कानुन, संरचना र योजना प्रभावकारी हुन सकेको छैन् । दुई तिहाईको सरकारले आवश्यक कानून निति बनाएर प्रतिबद्धता गरेअनुसारको काम गर्ने बताउनुभयो ।

अहिले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा भएकोले पहिला देश धनी र जनता सुखी भएमात्र राष्ट्रिय आकांक्षा पूरा हुने बताउनुभयो ।

विदेशबाट आउने वस्तुलाई रोकी आफ्नै देशमा नै आवश्यक वस्तुको उत्पादनमा जोड दिनुपर्ने बताउदै सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासमा केन्द्रित भएर सरकारले काम गरिरहेको दावी गर्नुभयो । उहाँले हिजो उद्योग धन्दा बेच्नेले नै आज सडक र सदनमा ठूला कुरा गर्न थालेको आरोप लगाउनुभयो ।

कार्यक्रममा सांसद महेश बस्नेतले आगामी केही वर्षभित्र नै भक्तपुर विकासले भरिपूर्ण जिल्लाका रुपमा चिनिने बताउदै सडक विद्यालय र पुल निर्माण मात्र नभएर हामीले पयर्टन पूर्वाधार विकासमा समेत काम गरिरहेको बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संगठन विभागमा ३ नेतालाई थपेको छ ।

बैठकमा आज हुने चियापान कार्यक्रमकाे साथै मुलुकको समसामयिक विषयमा छलफल हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यानमारको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ ।

उपप्रधानमन्त्री पद लिएर सरकारमा सामेल भएको समाजवादी पार्टीभित्रै सरकारबाट बाहिरिन दबाब बढ्दै गएको छ

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…