Logo फाल्गुन १४, २०७७ शुक्रबार


‘खुल्ला सिमानाले लागूऔषध नियन्त्रणमा चुनौति’

काठमाडाैं ।  गृहमन्त्री रामबहादुर थापाले लागूऔषध दुरुपयोग तथा ओसार पसार नेपालका लागि पनि चुनौतिपूर्ण बन्दै गएको बताउनुभएको छ ।

लागूऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्र्दभमा बुधबार काठमाडाैंको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले विश्वव्यापी समस्याको रुपमा रहेको लागूऔषध दुरुपयोगको समस्या नेपालका लागि पनि चुनौतिपूर्ण रहेको बताउनुभएको हो ।

लागूऔषध समस्या र अन्तरनिहित चुनौतिको तुलनामा सरकारका प्रयायहरु पर्याप्त नहुनु र खुल्ला सिमानाका कारण नियन्त्रणमा चुनौति रहेको उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो ‘लागूऔषध समस्या र अन्तरनिहित चुनौतिको तुलनामा हाम्रा प्रयासहरु पर्याप्त छैनन् । नेपालको भौगोलिक परिस्थिति, खुल्ला सिमानाका कारण पनि लागूऔषध दुरुपयोग र ओसारपसारको समस्या चुनौतिपूर्ण रहि आएको छ ।’

सरकारले कानून कार्यान्वयन गर्ने सुरक्षा निकाय र संस्थागत निकायको क्षमता अपेक्षित रुपमा विकाश गर्न नसकेको, अपराधको निगरानी, सूचना प्रणाली, अनुसन्धान र अभियोजनलाई वैज्ञानिक र स्रोत साधन सम्पन्न पार्न नसकेको उहाँले स्वीकार गर्नुभयो ।

कानुनको सफल कार्यान्वयनसँगै रोकथाम मुलुक प्रयासलाई पनि जनस्तरसम्म पुर्याउन नसकिएको भन्दै उहाँले नागरिक समाजको साथै सबै बर्ग र तहलाई सहयोग गर्न आग्रह गर्नुभयो । लागू ओषध दुरुपयोग र अबैध कारोवार बहुआयामिक समस्या भएकाले कानुनी र चिकित्सकीय उपचारसँगै सामाजिक तथा मनौवैज्ञानिक समाधान पनि आवश्यक रहेको बताउनुभयो ।

लागूऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्टिय दिवस नेपालमा विविध कार्यक्रम गरि साताव्यापी रुपमा मनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले अर्को साता फैसला गर्ने भएको छ । न्यायाधीशद्वय…

म्याग्दी । बेनी नगरपालिका–४ फापरखेतमा बिहिबार राती भएको जिप दुर्घटनामा १ जनाको भएको छ भने ४ जना घाइते भएका छन्…

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…