कार्यकर्ताद्वारा मेयरमाथि हातपात

श्याम कुशवाहा
पर्सा । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी माथि आफ्नै पार्टी कार्यकर्ताद्वारा हातपातको प्रयास गरेका छन् ।
श्रीपुरको नेपाल राष्ट्रिय विद्यापीठ माविमा जडान गरिएको विद्युतिय तथा सीसीटिभी क्यामेराको उद्घाटन गरी सम्बोधन गर्ने क्रममा पुस्तकालय निर्माण गर्ने कार्यमा मुख्यमन्त्रीको कार्यकर्ता पाल्ने काम भएको बताएपछि सरावगी माथि हातपातको प्रयास भएको हो ।
पुस्तकालयमा दिएको पचास लाख बजेट बालुवामा पानी हाले सरह हो भन्ने सरावगीको भनाईलाई प्रतिवाद गर्दै स्थानीय नेता अजय चौरसियाले मेयरमाथि हातपात प्रयास गरेका थिए ।
प्रहरीले घटनास्थलबाट चौरसियालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।