मौलिकताका धनी सौका समुदाय (फोटोफिचर)

लोकेन्द्रप्रसाद जोशी
दार्चुला । मौलिकताका धनी आदिवासी जनजाति व्याँसी सौका समुदायको दार्चुला जिल्लामा मात्रै बसोबास रहेको छ ।

आफ्नो मौलिक संस्कृति, परम्परा, भेषभुषा र भाषा भएका व्याँसीहरु अल्पसंख्यक जातिको रुपमा सूचिकृत छन् । आफुलाई (रं) अर्थात सौका समुदाय भनेर चिनाउने व्याँसी समुदायको ३ सय ६९ घरधुरीमा २ हजार १ सय ६९ जनसंख्या रहेको छ ।

नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा बसोबास गर्ने व्याँसीहरुको व्याँस गाउँपालिका वडा नम्बर १ छांगरू र तिकंर, वडा नम्बर-२ राप्लाका साथै अपिहिमाल गाउँपालिका–६ सितोलामा बसोबास रहेको छ । समुद्री सतहबाट १२ हजार फिट उचाईमा बसोबास रहेका व्याँसको छांगरु र तिंकरका स्थानीय छ महिना व्याँस र छ महिना खलंगा (कुञ्चा) अर्थात बसाइसराइ गर्ने गर्छन् ।

मंसिर महिनामा गाउँमा हिमपात भएपछि चिसो छल्न दार्चुला सदरमुकाम खलंगा झरेका व्याँसीहरु गर्मी बढेसँगै वैशाख अन्तिम साता व्याँस उक्लीएका छन् । वर्षमा एकमात्रै खेती हुने व्याँसका स्थानीयको प्रमुख पेशा व्यापार हो । यहाँ उवा, नप्पल, तिते फापर, पल्ती र आलू खाद्यान्न बालीको रुपमा उब्जनी हुने गरेको छ । हिमाली क्षेत्रमा पाइने बहुमुल्य जडिबुडी यार्सागुम्बा प्रमुख आयस्रोतको रुपमा रहेको छ ।

मौलीक (रं) भाषा बोल्ने व्याँसीहरुको परम्परागत पहिरन पनि अरु समुदायको भन्दा फरक छ । महिलाले लगाउने पोषाक चुङबोला र पुरुषले लगाउने पोषाक रङघा भेन्ठलोको साथै सातुबाट निर्मित पूजा सामग्री दलाङ व्याँसी समुदायको पहिचानका रुपमा स्थापित रहेको व्याँसी सौका समाज दार्चुलाका अध्यक्ष यशोदा तिकंरीले बताउनुभयो ।
महिलाहरुले खुट्टामा लगाउने भवच, कम्वर तल लगाउने बाला, शरीरमा लगाउने चुङ, कम्बरमा बाध्ने पटुकीलाइ ज्युज्याङ, हातमा लगाउनेलाइ रङकल्च र टाउकोमा लगाउने टोपीलाई चुक्ती तथा छप्पी भनिन्छ । घाँटीमा लगाउने गहनालाई चन्द्रहार, जुरुसाले, कण्ठी, हातमा लगाउनेलाइ वाहा, कानमा लगाउने बिरान, लक्ष्य र शिरमा लगाउने गहनालाइ चम्पकली भनिने व्याँसका अगुवा महिला शुक्लावती बुढाथोकीले बताउनुभयो ।

पुरुषले लगाउने सेतो कपडा राङ्घा कुर्ता पहिरन जस्तै हुन्छ । पुरुषले कम्मरमा बाँध्ने पट्कालाई सौका भाषामा जिउज्याङ, टाउकोमा बाँधिने पाग पगडीलाई बेन्ठलो, खुट्टामा लगाउँने जुत्तालाइ बहुला र कानमा लगाउने मुन्द्रालाइ लक्ष्यब भनिने अपिहिमाल गाउँपालिका– ६ सितोलाका भवान सिंह बुढाथोकीले बताउनुभयो । बालिकाहरुले जिउभरी लगाउने पहिरनलाई घाग्री र बालकहरुले लगाउने दाैरा सुरुवाललाइ चुइली भन्ने गरिन्छ ।

‘महिला, पुरुष र बालबालिकाहरुले लगाउने परम्परागत कपडा बनाउने मानिस भने पछिल्लो समय कम हुँदै गएका छन्’, व्याँसी सौका समाजका अध्यक्ष यशोदा तिंकरीले भन्नुभयो, ‘पहिरन बनाउन धेरै समय, मिहेनत र सीप आवश्यक पर्ने भएकोले भारतीय सौका जातीबाट किनेर लगाउने गरिएको छ । नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा परम्परागत पहिरनका कपडा र गहना बनाउने मानिसको अभाव हुँदै गएको छ ।

सौका समुदायका अधिकांश युवाहरु अध्ययन तथा रोजगारीको सिलसिलामा विदेशमा छन् । अध्यक्ष तिंकरीले भन्नुभयो, व्याँसीहरु गाउँमा नबस्नु तथा बाह्य संस्कृतिमा रमाउदै जानु, अन्तरजातीय विवाह गर्ने क्रम बढ्दै जानु लगायत कारणले परम्परागत सीप युवा पुस्तामा हस्तान्तरण गर्न चुनौती छ । चालु आर्थिक वर्षमा सीप हस्तान्तरण र पहिरनबारे जानकारी गराउने उद्देश्यले गाउँपालिकाको ४ लाख ८० हजार आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

दार्चुलाको चारगाउँमा मात्रै बसोबास रहेका सौका समुदायको भारतको धर्मा घाँटी, चौदास घाँटी, व्याँस घाँटी र रालमपात लगायतका गर्खाहरुमा १५ हजार बढीको संख्यामा बसोबास रहेको छ ।

अरु जातिसँग बिरलै विवाह गर्ने सौका समुदायको महाकाली वारीपारी अर्थात नेपाल भारत विहेबारी हुने गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

त्रियुगा नगरपालिका –९ राजाबासमा एक परिवारका ५ र कटारी नगरपालिका –४ सिसाघारीका २ परिवारका ७ गरी १२ जना बिरामी भएका…