Logo मंसिर १४, २०७७ आइतबार


‘धेरै खिसिट्युरी भयो, असार मसान्तभित्र एकताको सबै काम सकिन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्त भित्र पार्टी एकताको सम्पूर्ण कार्य सम्पन्न हुने बताउनुभएको छ ।

मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकतामा केही अलमल भएपनि निरास हुने अवस्था नरहेको प्रस्ट पार्नुभएको छ ।

एकतामा भएको ढिलाईले आंशका उब्जिएको र त्यसैलाई लिएर खिसिट्युरी हुने गरेको उल्लेख गर्दै उहाँले चालु आर्थिक वर्षको समाप्तिसँगै एकिकरणका काम पनि पूरा हुने बताउनुभयो । उहाँले सरकारले राम्रो काम गर्दै आएको र आगामी आर्थिक वर्षमा नयाँ उत्साहका साथ अघि बढ्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले राम्रो काम गरेको छ । सरकार आफ्ना महान उद्देश्यमा दृढ छ । लोकतन्त्रको रक्षा गर्ने कुरामा , लोकतन्त्र सुदृढ गर्ने कुरामा, लोकतन्त्र कार्यान्वयन गर्ने कुरामा र लोकतन्त्रका व्यापक उद्देश्यहरु साकार पार्ने कुरामा । देशमा शुसासन र विकास हासिल गर्ने कुरामा ।’

आफूहरुले सरकारमाथि जबरजस्ती विश्वास गर नभन्ने भन्दै उहाँले सरकारले गरेका कामहरुको मुल्यांकन गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

'सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुुपर्छ, प्रदेशले आफ्नो भूमिका आफैं निर्धारण गर्नुपर्छ ।'