प्रकाशको अवसानले प्रचण्डको दाहिने हात भाँच्चियोः नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले क्रान्तिक्रममा एउटा दुश्मनको घाँटी छिनाउन हिँडेको तर नसकेको स्मरण गर्नु भएको छ ।

प्रकाश दाहाल प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेता नेपालले यस्तो बताउनु भएको हो । ‘प्रकाश दाहालको जीवनका पाटाबारे सबैलाई थाहा नहुन सक्छ । प्रकाशले अनुपम काम गरेका थिए, कदर गर्नु आवश्यक छ,’ नेता नेपालले भन्नुभयो, ‘सगरमाथा चढेर सफलता हासिल कठिन काम थियो, योद्धालाई पनि साथमा लिएर सगरमाथा चढ्नु गाह्रो काम थियो ।’

नेपालले प्रकाशको प्रंशसामा भन्नुभयो, ‘कमरेड प्रचण्डका दाहिने हात नै थिए प्रकाश । साँच्चै भन्ने हो भने प्रचण्डको हात भाँचियो ।’ राजनीतिक र सामाजिक मात्र नभई प्राविधिक काममा पनि प्रकाश तिक्ष्ण दिमागका व्यक्ति भएको नेपालको टिप्पणी थियो ।

‘प्रकाशले बन्दुलक चलाएको देख्दा अचम्म लाग्थ्यो, उनी कस्तो छिट्टै कुरा बुझ्थे,’ नेपालले भन्नुभयो, ‘मैले बन्दुक त बोकिनँ तर खुकुरी बोकेको थिएँ, एउटाको घाँटी छिनाउन खोजेको थिएँ कसरी सक्नु ?’

प्रकाशको गुण तथा खुबीलाई आत्मसात गर्दै अघि बढ्नु जरुरी रहेको नेपालको भनाइ थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…