भावुक हुँदै प्रचण्डले भन्नुभयो, ‘प्रकाशले छोटो उमेरमा पूर्ण जीवन बिताए’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्व. प्रकाश दाहाल छोटो समयमा पूर्ण जीवन बिताएर जाने योद्धा भएको बताउनुभएको छ । पार्टी संगठनका लागि प्रकाशले गरेको कामको प्रशंसा गर्दै अध्यक्ष दाहालले युद्धका समयमा पनि एक असल सिपाही रहेको स्मरण गर्नुभयो ।

प्रकाश दाहाल फाउन्डेसले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राष्ट्र र जनताका लागि छोटो समयमा रचनात्मक काम गरेका प्रकाशको मृत्युले मुलुकलाई स्तब्ध पारेको बताउनुभयो । प्रकाशको सम्झना नेपाली समाजमा रहिरहने भन्दै दाहालले एक होनाहार सिपाई गुमाउनुको पीडालाई शक्तिमा बदल्ने प्रयत्न गरिरहेको उल्लेख गर्नुभयो ।

३६ वर्षको छोटो उमेरमा निधन भएका प्रकाशले सोचेको सपनालाई मूर्त रुप दिन प्रतिष्ठान अग्रसर हुनुपर्ने दाहालको भनाइ थियो । ‘भूमीगत रुपमा विभिन्न स्कुलहरु परिवर्तन गरेर पढे । युद्ध हेर्ने, सिक्ने र आफैँ सहभागी हुने काम पनि गरे, ३६ वर्षको उमेरमा जीवनका तिता मिठा अनुभव गरे,’ दाहालले भावुक हुँदै भन्नुभयो, ‘एउटा पूरा जीवन हुन जसरी सबै काम गर्नुपर्छ, त्यो सबै अनुभव प्रकाशले पूरा गरेका छन् ।’

‘मैले शुरुमा प्रकाशले सगरमाथा आरोहण गर्छु भन्दा पत्याएको थिइन् तर उनको गर्छु भनेपछि गरिछाड्ने बानी थियो, उनले अरुलाई पनि उत्साह र प्रेरणा दिने गर्थे । उनका राम्रा गुण र पक्षलाई देश र जनताको लागि समर्पित गर्नुपर्छ,’ अध्यक्ष दाहालले भन्नुभयो ।’

दाहालले प्रकाशको जन्मदिन पारेर रचनात्मक र सकारात्मक काम गरेकोमा खानेपानी मन्त्री बिना मगर र प्रकाश दाहाल प्रतिष्ठानका सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । दाहालले भन्नुभयो, ‘पहिलो कार्यक्रमको रुपमा आयोजित भएको कार्यक्रम आउने दिनमा अझ सकारात्मक, रचनात्मक हुँदै जानेछ, भन्ने विश्वास लिएको छु ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

ताप्लेजुङदेखि दार्चुलासम्म हिमाली हरित पदमार्ग निर्माण गरिने भएको छ ।

मुलुकमा वर्ष भरीमा ८ हजार भन्दा बढी पत्रकारले सूचना विभागको प्रेसपास लिएका छन् ।

प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर १२ टेशनपुरबाट १ सय ४० खसीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

बडिमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

मेष– घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवं नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवं साथीभाइसँग नयाँ मित्रता…