‘म्याद नाघेका औषधी फेला’

हिमलाल पराजुली
स्याङ्जा । कालीगण्डकी गाउँपालिकाले बुधबार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका औषधी फेला पारेको छ ।

गाउँपालिकाको वडा नम्बर–७ मा पर्ने मिर्मी बजारमा रहेका पसलमा अनुगमन गर्ने क्रममा म्याद नाघेका खाद्य वस्तुका साथै औषधी पनि भेटिएको गाउँपालिकाका प्रशासकीय प्रमुख गणेश खनालले बताउनुभयो ।

अनुगमनका क्रममा शुरज मेडिकल हलबाट १० प्रकारका म्याद नाघेका औषधी जफत गरेको र अन्य किराना पसलबाट जुस, बिष्कुट, सोडा चिप्स लगायतका खाद्य वस्तुको म्याद नाघेको पाइएकाले अनुगमनका क्रममा ८ पसलमा म्याद नाघेका वस्तु भेटिएको र संकलन गरिएका वस्तुलाई नष्ट गर्नुका साथै व्यापारीलाई सचेत गराईएको गाउँपालिकाले जनाएको छ ।

अखाद्य वस्तुको प्रयोगले स्थानीयको स्वास्थ्यमा असर पर्ने भन्दै प्रशासकीय प्रमुखको नेतृत्वमा बजार अनुगमन गरेको गाउँपालिकाले एक पटकका लागि व्यापारीलाई सचेत गराएको छ ।

आगामी दिनमा पनि म्याद नाघेका वस्तु भेटिएमा कडा कारवाही गर्ने  गाउँपालिकाले चेतावनी दिएकाे छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

त्रियुगा नगरपालिका –९ राजाबासमा एक परिवारका ५ र कटारी नगरपालिका –४ सिसाघारीका २ परिवारका ७ गरी १२ जना बिरामी भएका…