‘लागू औषध नियन्त्रणका लागि अभिभावक सचेत’

रुपन्देही । युवालाई लागू औषधको कुलतबाट जोगाउँन अभिभावक सचेत हुनुपर्नेमा जोड दिइएको छ ।

सञ्चारिका समूह लुम्बिनीको आयोजना र बुटवल उपमहानगरपालिका वडा–४ को सहयोगमा बुधबार बुटवलमा गरिएको लागू औषध दुव्र्यसनविरुद्ध सचेतनामुलक कार्यक्रममा सरोकारवालाहरुले युवालाई सही बाटोमा हिडाउन अभिभावकको निगरानी आवश्यक रहेको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले लागू औषधको दुरुपयोग नगरको सम्वृद्धिको बाधक बन्ने भएकाले सबैले यसको नियन्त्रणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले लागु औषध दुरुपयोग तथा ओसार पसार नियन्त्रणका अभिभावक र समुदाय सचेत हुनुपर्ने धारणा राख्नुभयो । विद्याालय र कलेज गएका छोराछोरी समयमा आए वा आएनन् भन्ने हेक्का अभिभावकले राख्नुपर्ने आचार्यको भनाइ थियो ।

बुटवल–४ का अध्यक्ष टंकप्रसाद पराजुलीले लागू औषध दुव्र्यसनको अवस्था विकराल भएकाले कानुनले मात्रै यसको समस्या समाधान सम्भव नभएको बताउनुभयो । उहाँले लागु औषध दुरुपयोग नियन्त्रणका लागि सबैले आआफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरीक्षक हेम बहादुर केसीले नयाँनयाँ तरिका अपनाएर लागू औषध दुरुपयोग हुने गरेकाले समाजमा आपराधिक गतिबिधि बढेको तर्क गर्नुभयो । सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समूहका किशोर किशोरी र युवाहरु कुलतमा फस्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले यसको नियन्त्रणका लागि सबै सचेत र जागरुक हुनुपर्ने बताउनुभयो ।

मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ उपसभापति गोविन्द खनालले विद्यालय, समुदाय र कार्यस्थललाई लागू औषध निषेधित क्षेत्र तोक्नुपर्ने धारणा राख्नुभयो । खनालले भन्नुभयो, ‘लागू औषधको विषयलाई पाठ्यक्रममै समावेश गरी समुदाय निगरानी कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’
सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष निरु गौतमले लागू औषध दुब्र्यसनले व्यक्तिको मानसिक अवस्थामा बिचलन पैदा हुने भएकाले युवा, अभिभावक र समुदाय सचेत भएर लागू औषध नियन्त्रणको अभियान चलाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा समूहका उपाध्यक्ष मिना ढकाल, महासचिब बिन्दु थापा लगायतले लागू औषध मुक्त समाज निर्माणको अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कौरब खत्री गुल्मी । ‘अपांगता पूर्वजन्मको पाप हो र अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्याउन सक्दैनन्’ भन्ने गलत धारणा…

विद्यानन्द राम सप्तरी । प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका अभिभावकहरुले अनिश्चितकालिन रिले अनशन…

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिकताका साथ…

जनता टेलिभिजनमा आज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसालले कृषिक्षेत्रमा रहेको समस्यालाई समाधान गर्दै आधुनिक कृषि प्रणालीको विकास गरिने बताउनु…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा…