जनप्रतिनिधिमाथि गोली प्रहार

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ८ का वडासदस्यमाथि गोली प्रहार भएको छ ।

गोली प्रहारबाट वडा सदस्य रामजी चेपाङ घाइते भएका छन् । घाइतेको चेपाङको टाउँकोमा भरुवा बन्दुकको छर्रा लागेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार राति  चितवनको राप्ती नगरपालिका –१३ गाम्दा वस्ने इन्द्रबहादुर चेपाङले उनीमाथि आक्रमण गरेका थिए ।  घरायसी विवादका हुँदा वडा सदस्यमाथि आक्रमण भएकाे बुझिएको छ ।

घाइते चेपाङको धादिङमा सामान्य उपचारपछि काठमाडौं नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।  आक्रमण गर्ने चेपाङ फरार रहेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

त्रियुगा नगरपालिका –९ राजाबासमा एक परिवारका ५ र कटारी नगरपालिका –४ सिसाघारीका २ परिवारका ७ गरी १२ जना बिरामी भएका…