सांस्कृतिक संस्थानको १५औं श्रृंखलामा कवि नवोदित प्रस्तुत

काठमाडौं । सांस्कृतिक संस्थानद्वारा हरेक महिनाको तेस्रो बिहीबार प्रस्तुत गरिने कविता वाचन कार्यक्रममा कवि मीनकुमार नवोदित प्रस्तुत हुनुभएको छ ।

बिहीबार आयोजित १५औं श्रृंखलामा दुई दशकदेखि साहित्यमा सक्रिय कवि नवाेदित आफ्ना काव्य रचना लिएर प्रस्तुत हुनुभएको हो ।

कवि नवोदितले ‘आमा र जून’, ‘सम्झनामा बा’, ‘अर्गानिक अनुहार’, ‘अन्तिम इच्छा’, ‘अन्तिम रात’, ‘तस्बिर’, ‘देशका नाममा’ लगायत एक दर्जन कविता वाचन गर्नुभयो ।

‘नवोदितको कविताले वर्तमान युगबोध गरेको छ’, वाचित कवितामा टिप्पणी गर्दै समालोचक महेश पौड्यालले टिप्पणी गर्नुभयो ।

भाषा र साहित्यको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक संस्थानले १५ महिना अघिदेखि एकल कविता वाचनको कार्यक्रम शुरु गरेको हो ।

कार्यक्रममा संस्थानका वरिष्ठ नाटक प्रबन्धक प्रभाकर शर्मा, वरिष्ठ कवि प्राडा तुलसी दिवस, प्राज्ञ खेम नेपाली, रमेशरञ्जन झा, गंगा सुवेदीलगायतले कवि नवोदितको कवितामा चर्चा गर्नुभएको थियो ।

कवि नवोदितका हालसम्म ‘फूलबारीभित्रका भमराहरु’ र ‘झरीले रुझेको गाउँ’ गरी दुईवटा कविता कृति प्रकाशित छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कौरब खत्री गुल्मी । ‘अपांगता पूर्वजन्मको पाप हो र अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्याउन सक्दैनन्’ भन्ने गलत धारणा…

विद्यानन्द राम सप्तरी । प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका अभिभावकहरुले अनिश्चितकालिन रिले अनशन…

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिकताका साथ…

जनता टेलिभिजनमा आज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसालले कृषिक्षेत्रमा रहेको समस्यालाई समाधान गर्दै आधुनिक कृषि प्रणालीको विकास गरिने बताउनु…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा…