Nic

पाँच वर्षमा मनसुनजन्य विपदबाट १६११ को मृत्यु

काठमाडौं । मुलुकभर विपद्को घटनाबाट मानिसको मृत्यु हुने र ठूलो संख्यामा धनजनको क्षति हुने क्रम बढ्दो छ । सरकारले विपद् व्यवस्थापनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसक्दा विपद्मा परी मानिसहरुको ज्यान जाने क्रम बढेको हो ।

यसपटक पनि मुलुकमा मनसुन सुरु भइसकेको छ । पछिल्लो पाँच वर्षमा मात्रै विपद्बाट १ हजार ६ सय ११ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार विपद्का कारण औसत ६ सयको मृत्यु हुने गरेको छ ।

यो वर्ष पनि मनसुनको सुरुवातसँगै विपद्जन्य प्रकोपबाट मानिसको मृत्यु हुने क्रम सुरु भएको छ । पछिल्लो एक महिनाको तथ्यांक हेर्ने हो भने पनि विपद्का कारण ३२ जनाले ज्यान गुमाइसकेका छन् ।

एक महिनाको अवधिमा सबैभन्दा बढी चट्याङका कारण २१ जनाले ज्यान गुमाए भने हाइ अल्टिच्युटका कारण ४, जनावरको अक्रमणबाट ३, पहिरो र हावाहुरीबाट २–२ जनाले ज्यान गुमाएका छन् । पछिल्लो एक सातको अवधिमा मात्रै चट्याङबाट ६ जनाले ज्यान गुमाए भने भारी वर्षाका कारण एकजनाले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ ।

गृहका अनुसार विपद् व्यवस्थापनका नाममा पछिल्लो पाँच वर्षमा मात्रै सरकारी र गैरसकारी संस्थाले झन्डै २५ अर्ब बढी खर्च गरिसकेका छन् तर त्यसरी गरिएको खर्चको उपलब्धि भने निकै न्यून देखिएको गृहका अधिकारीकै स्वीकारोक्ति छ ।

मनसुनको अवधिमा विशेषगरी पहिरो, बाढी, भारी वर्षा, चट्याङ, हाइ अल्टिच्युट र हावाहुरीका कारणले मानिसहरुको ज्यान जाने गरेको पाइएको छ ।, राजधानी दैनिकले समाचार प्रकाशित गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…

भवन मंगलबार बिहान ११ बजे भत्किएको जनाइएकाे छ ।

पोखरा महानगरपालिका वडा नम्बर ७ मासबार बस्ने २४ वर्षीय सागर रानाभाट पेन गनसहित पक्राउ परेका हुन् ।