प्रधानमन्त्रीज्यू, स्कुटीमा मास्क नलगाइ हिँड्न सक्नुहुन्छ ?

काठमाडौं ।  राजधानीबाट प्रकाशित हुने राष्ट्रियस्तरका पत्रपत्रिकाले शुक्रबार फरक – फरक विषयलाई प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन् ।

नागरिक दैनिकले प्रधानमन्त्रीज्यू, स्कुटीमा मास्क नलागाई हिँड्न सक्नुहुन्छ शीर्षकमा समाचार प्रकाशित गरेको छ । केही दिन पहिले प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भएको केही समयमा काठमाडौंमा हिड्दा मास्क लगाउन नपर्ने स्थिति श्रृजना गरेको बोलेपछि जनमानसबाट विरोध भइरहेको छ ।

यसैक्रममा नेपाली कांग्रेस सांसद रंगमती शाहीले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति व्यंग्य गरेकी छन् । प्रधानमन्त्रीज्यू मेरो स्कुटीको पछाडि बस्नुस् । म स्कुटी चलाउँछु, तपाईं मास्क नलगाईं सिंहदरबारबाट बनस्थली पुग्न सक्नुहुन्छ कि हुँदैन ? भन्दै प्रश्न गरेकी छन् ।

कान्तिपुर दैनिकले बालुवाटार जग्गामा लेनदेन शीर्षकमा समाचार छापेको छ । समाचारका अनुसार बालुवाटारको २ सय ९९ रोपनी जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा दर्ता गर्ने योजनाकार शोभाकान्त ढकालले जग्गा मिलाउने क्रममा ठूलो रकम खर्च भएको खुलासा गरेका छन् । नातेदारसँगको लेनदेन विवादका क्रममा रेकर्ड भएर हाल सार्वेच्च अदालत पुगेको अडियोमा उनले आफूले सापटी लिएको रकमसमेत त्यही जग्गा मिलाउन खर्च भएको बताएका छन् ।

अन्नपूर्ण दैनिकले मुख्यमन्त्रीहरू आफूखुसी विदेश भ्रमणमा शीर्षकमा समाचार छापेको छ । समाचारका अनुसार प्रदेशका मुख्यमन्त्रीहरू कूटनीतिक निकायलाई खबरै नगरी विदेश भ्रमणमा जान थालेका छन्। कोही मुख्यमन्त्री गैरआवासीय नेपालीको सम्मेलनमा भाग लिन त कोही भगिनी सम्बन्ध कायम गर्न भन्दै आफूखुसी विदेश भ्रमणमा निस्किएका हुन्। उनीहरूको भ्रमणलाई लिएर कूटनीतिक क्षेत्रमा बहस हुन थालेको छ।

राजधानी दैनिकले पूर्वआईजीपी ठकुरीद्वारा सर्वोच्चमा आत्मसमर्पण शीर्षकमा समाचार छापेको छ । सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) रमेशचन्द ठकुरीले बिहीबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् ।

 

उनलाई सर्वोच्च अदालतबाट फैसला कार्यान्वयनका लागि बिहीबार नै डिल्लीबजार कारागार पठाइएको छ ।

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

त्रियुगा नगरपालिका –९ राजाबासमा एक परिवारका ५ र कटारी नगरपालिका –४ सिसाघारीका २ परिवारका ७ गरी १२ जना बिरामी भएका…