‘गाडी सुविधा लिएको छैन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ माधवकुमार नेपालले पूर्व प्रधानमन्त्रीले पाउने गाडी सुविधा आफूले नलिएको बताउनु भएको छ ।

सरकारले पूर्व प्रधानमन्त्रीहरुलाई केही सुरक्षाकर्मी, स्वकीय र गाडी तथा इन्धन सुविधाको व्यवस्था गरेको छ । अरु पूर्व प्रधानमन्त्रीहरुले त्यो सुविधा लिँदै आएका छन् । तर पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भने गाडी सुविधा लिनु भएको छैन । उहाँले अहिलेसम्म आफ्नै गाडी प्रयोग गरिरहनु भएको छ ।

‘मैले गाडी सुविधा लिएको छैन’ उहाँले जनता समाचारसँग भन्नुभयो, ‘सत्ता र राजनीति कमिसनका विभिन्न खेलहरु समेत हुन्छन् तर मैले आज सम्म कसैसँग १ रुपैयाँ कमिसन लिएको छैन ।’

केही सञ्चार माध्यमले गाडी सुविधा लिने पूर्व प्रधानमन्त्रीहरुमा आफ्नो नाम समेत जोडेपछि वरिष्ठ नेता नेपालले त्यसप्रति आपत्ति जनाउनु भएको छ । पूर्व प्रधानमन्त्री नेपालको सचिवालयले विज्ञप्ति जारी गरेर आपत्ति जनाउँदै त्यसप्रति स्पष्ट पारेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…